News Portal

धरानकी पारु हाङ्मा राई बेलायती सेनाको क्याप्टेनमा पदोन्नती

हिमालीसंचार संवाददाता
४०१ पटक

लण्डन – बेलायती सेनामा पछिल्लो समय नेपाली महिलाहरुको आकर्षण र दोस्रो पुस्ताले हासिल गर्दै गरेको नयाँ उचाई, सफलता र प्रगतिमा पछिल्लो समय पारु राई एउटा उदाहरण बनेकी छिन। उनी भूतपूर्व गोर्खा सैनिककी छोरी राईले बेलायती सेनामा उच्चदर्जा हासिल गर्न सफल भएकी छिन् ।

बेलायतका ‘क्वीन्स् औन गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट’ बाट अवकाशप्राप्त स्टाफ सर्जेन्ट जयप्रकाश राईकी छोरी पारु हाङंमा राई केही महिनाअघि बेलायती सेनाको क्याप्टेनमा पदोन्नति भएकी हुन् । फर्मासिस्टको रुपमा बेलायती सेना प्रवेश गरेकी राईले सन् २०२० सालको मार्चमा स्यान्डहर्स्टबाट तालिम पूरा गरेकी थिइन् । राईले चार महिनापछि गत अगस्टमा पदोन्नति भएर उनी क्याप्टेन बनेकी हुन । क्यप्टेन राईलाई सामाजिक संजालमा बधाई दिनेको लर्को लागेको छ। 

यसअघि गत नोभेम्बर महिनामा पनि अर्का एक भूतपूर्व गोर्खाकी छोरी अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन बनेकी थिइन् । उनी बेलायती सेनाको उच्चदर्जा हासिल गर्ने पहिलो महिला हुन। 

ताप्लेजुङ जिल्लाको चङबुङ पुर्ख्यौली धर भएका राई हङकङमा जन्मिएकी २६ वर्षीया पारु हाङमा राईको बाल्यकाल धरानमा बित्यो। सन् २००७ सालमा बेलायत गएकी राईको परिवार बेलायत स्थित फार्नबरोमा बस्दै आएका छन् । राईको परिवारमा पूर्वगोर्खा बाबु, आमा विमला राई र दुई दिदी तथा एक बहिनी बेलायतमै छन् । 

क्याप्टेन राईले सन् २०१६ सालमा युनिभर्सिटी अफ रेडिङबाट ‘मास्टर्स अफ फार्मेसी’ अध्यायन पूरा गरेकी थिइन् । अध्ययन पूरा गरेको एक वर्षपछि सन् २०१७ सालमा उनी फर्मासिस्टको रुपमा ‘क्वालिफाइड’ भएकी हुन्। आफ्नी छोरी बेलायती सेनाको क्याप्टेन पदमा पुगेकोमा पूर्वगोर्खा जयप्रकाश राई गौरवान्वित छन् ।

बाबा जयप्रकास राईका अनुसार ‘मैले लामो समय सेवा गरेको संस्थामा आज मेरी छोरी पनि बेलायती सेनामा आबद्ध हुनु मेरो लागि निकै खुशीको कुरा हो । त्यसमाथि क्याप्टेनजस्तो उपल्लो दर्जामा देख्न पाउँदा मलाई ठूलो गौरव र सन्तोष मिलेको छ।’  

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...