News Portal

धरानकी पारु हाङ्मा राई बेलायती सेनाको क्याप्टेनमा पदोन्नती

हिमालीसंचार संवाददाता
४४० पटक

लण्डन – बेलायती सेनामा पछिल्लो समय नेपाली महिलाहरुको आकर्षण र दोस्रो पुस्ताले हासिल गर्दै गरेको नयाँ उचाई, सफलता र प्रगतिमा पछिल्लो समय पारु राई एउटा उदाहरण बनेकी छिन। उनी भूतपूर्व गोर्खा सैनिककी छोरी राईले बेलायती सेनामा उच्चदर्जा हासिल गर्न सफल भएकी छिन् ।

बेलायतका ‘क्वीन्स् औन गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट’ बाट अवकाशप्राप्त स्टाफ सर्जेन्ट जयप्रकाश राईकी छोरी पारु हाङंमा राई केही महिनाअघि बेलायती सेनाको क्याप्टेनमा पदोन्नति भएकी हुन् । फर्मासिस्टको रुपमा बेलायती सेना प्रवेश गरेकी राईले सन् २०२० सालको मार्चमा स्यान्डहर्स्टबाट तालिम पूरा गरेकी थिइन् । राईले चार महिनापछि गत अगस्टमा पदोन्नति भएर उनी क्याप्टेन बनेकी हुन । क्यप्टेन राईलाई सामाजिक संजालमा बधाई दिनेको लर्को लागेको छ। 

यसअघि गत नोभेम्बर महिनामा पनि अर्का एक भूतपूर्व गोर्खाकी छोरी अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन बनेकी थिइन् । उनी बेलायती सेनाको उच्चदर्जा हासिल गर्ने पहिलो महिला हुन। 

ताप्लेजुङ जिल्लाको चङबुङ पुर्ख्यौली धर भएका राई हङकङमा जन्मिएकी २६ वर्षीया पारु हाङमा राईको बाल्यकाल धरानमा बित्यो। सन् २००७ सालमा बेलायत गएकी राईको परिवार बेलायत स्थित फार्नबरोमा बस्दै आएका छन् । राईको परिवारमा पूर्वगोर्खा बाबु, आमा विमला राई र दुई दिदी तथा एक बहिनी बेलायतमै छन् । 

क्याप्टेन राईले सन् २०१६ सालमा युनिभर्सिटी अफ रेडिङबाट ‘मास्टर्स अफ फार्मेसी’ अध्यायन पूरा गरेकी थिइन् । अध्ययन पूरा गरेको एक वर्षपछि सन् २०१७ सालमा उनी फर्मासिस्टको रुपमा ‘क्वालिफाइड’ भएकी हुन्। आफ्नी छोरी बेलायती सेनाको क्याप्टेन पदमा पुगेकोमा पूर्वगोर्खा जयप्रकाश राई गौरवान्वित छन् ।

बाबा जयप्रकास राईका अनुसार ‘मैले लामो समय सेवा गरेको संस्थामा आज मेरी छोरी पनि बेलायती सेनामा आबद्ध हुनु मेरो लागि निकै खुशीको कुरा हो । त्यसमाथि क्याप्टेनजस्तो उपल्लो दर्जामा देख्न पाउँदा मलाई ठूलो गौरव र सन्तोष मिलेको छ।’  

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...