News Portal

उमेश पुडासैनीकाे अध्यक्षमा उदयपुर मिलिजुली समाज कुवेत गठन

हिमालीसंचार संवाददाता
५७९ पटक

कुवेत – २०७७ माघ १६ शुक्रबारको दिन उदयपुर मिलिजुली समाज कुवेत गठन भएको छ। श्रमिकको रुपमा कुवेत आएका उदयपुरका दाजुभाइ तथा दिदिबहिनीहरुले उदयपुरे सम्पुर्णलाई एकीकृत गर्दै आफ्नो प्रवासी बसाईमा एकाअर्कालाई पर्ने कुनैपनि समस्यामा हातेमालो गर्दै आफ्नो जिल्ला उदयपुरमा पनि आईपर्ने समस्यामा सहयोग गर्ने सकारात्मक मनसायको साथ कुवेतस्थित फर्वानिया पार्कमा ११ कार्यसमितिको साथ उदयपुर मिलिजुली समाज कुवेतको स्थापना भएको छ।

जसमा सबैको सर्वसहमतिमा बिभीन्न पदिय जिम्मा बाडफाड गरिएको छ। अन्य दर्जनौं साधारण सदस्यको साथ उदयपुर मिलिजुली समाज कुवेत भब्य शुरुआत गरिएको छ। उदयपुरबाट कुवेतमा विभिन्न क्षेत्रमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुलाई समेट्ने र समस्यामा परेको बेला हातेमालो गर्दै अगाडि बढ्ने उद्देश्य लिएको नवगठित समाजका अध्यक्ष उमेश पुडासैनीले हिमालीसंचारलाई जानकारी दिए।

नयाँ कार्यसमिति:

अध्यक्ष – उमेश कुमार पुडासैनी
उपाध्यक्ष – राजन चाम्लिङ राई
सचीव – संजय सिंह कार्की
कोषाध्यक्ष – हरि बहादुर राउत
सह-कोषाध्यक्ष – इन्द्र बहादुर परियार
प्रबक्ता – चन्द बहादुर राउत
सदस्य – पर्वत भट्टराई
सदस्य – विदुर कार्की
सदस्य – रोसन बास्तोला
सदस्य – सर्वन राई
संरक्षक सल्लाहकार – युवक राई

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...