News Portal

  • दुवईमा प्रथम समृद्धि कास्की फुटवल प्रतियोगिता सम्पन्न

    हिमालीसंचार संवाददाता
    ६९० पटक

    राम प्रसाद ढुंगेल/यूएई –  गत शुक्रबार ०८ जनवरी २०२१ का दिन कास्की आदर्श समाज युएई र सँस्थाको फुटबल क्लब कास्की ६ फुटबल क्लबको आयोजनामा “खेल खेलौ, स्वास्थ रहौं” भन्ने मुल नाराका साथ प्रथम समृद्धि कास्की फुटबल प्रतियोगिता युएईको दुबई स्थित डल्स्को स्पोर्टस् कम्पलेक्समा सम्पन्न भएको छ ।

    समाजका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालको प्रमुख अतिथि रूपमा उपस्थिती रहेको थियो भनेआदिवासी जनजाती महासंघ युएईका अध्यक्ष महेश मोक्तान, नेपाली समाज युएईका पार्षद अध्यक्ष राम तामाङ, नेपाली समाज युएईका महासचिव वेद प्रसाद अर्याल, समाजका संरक्षक तथा कास्कीआदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का मध्यपुर्व उपाध्यक्ष पुष्पराज अधिकारी, संरक्षक संयोजक तथा कास्कीआदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का उपमहासचिव मनोज कुमार सैंजु, समाजका सल्लाहकार संयोजक तथा कास्कीआदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का सचिव केदार कुँवर, सँस्थापक अध्यक्ष एवं संरक्षक गुप्त शेखर पौडेल, समाजसेवी कृष्ण बहादुर थापामगरको विशेष उपस्थित रहेको थियो। 

    त्यस्तै, उक्त समारोहमा समाजका सल्लाहकार सुरेन्द्र जिसी, सल्लाहकार चन्द्रमोहन आचार्य, ईनास युएईका अध्यक्ष राम तामाङ, खेलप्रेमी एवं समाजका आजिवन सदस्य हिरालाल श्रेष्ठ, लमजुङ समाजका संरक्षक मुक्ति तमु, तमु प्ये ल्हु संघयुएईका अध्यक्ष भिम तमु, ईनास युएईका निवर्तमान अध्यक्ष रेखा घिमिरेको अतिथिको रूपमा उपस्थिति रहेको थियो।

    सहभागी विभिन्न १२ टिमका खेलाडीहरू, टिम म्यानेजरहरू र टिम कोच लगायत समाजका, केन्द्रिय समिती, क्षेत्रिय, महिला, खेलकुद तथा साँस्कृतिक समितीका पदाधिकारीहरूका साथै अन्य आजिवन एवं साधारण सदस्यहरू तथा खेलाडीहरू र कलाकारहरूको बाक्लो उपस्थिती रहेको थियो ।

    नेपाली राष्ट्रिय गानका धुनको साथ विधिवत रूपमा सभापति तथा विशिष्ट अतिथिबाट मुख्य रेफ्रि र अफिशियलहरूलाई फुटबल हस्तान्तरण गरि र फिफा फेयर प्ले धुन सहित प्रतियोगिताको विजेता ट्रफि अनावरण गरिउद्घाटन गरियको उक्त प्रतियोगितामा खेलकुद प्रमुख ड्यान परियारले स्वागत मन्तव्य राखेका थिए। औपचारिक कार्यक्रमको संचालन महासचिव शिवराज बस्ताकोटीले संचालन गरेका थिए।

    आयोजकको एक टिम सहित दुवईका चर्चित नेपाली फुटबल क्लबहरू काष्टमण्डप फुटबल क्लब, नेपाल टाइगर फुटबल क्लब, न्यु व्वाइज फुटबल क्लब, योङ व्वाइज फुटबल क्लब, युथ स्पोर्टिङ फुटबल क्लब, मेचि महाकाली फुटबल क्लब, लमजुङ फुटबल क्लब, ईनास फुटबल क्लब, ग्रीन सिटि इलाम फुटबल क्लब, डाइभ टेक फुटबल क्लब,  र युनाइटेड स्टार फुटबल क्लब गरि कुल १२ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधी युथ स्पोर्टिङ फुटबल क्लबले चुमेको थियो।

    उपविजेता योङ ब्वाइज फुटबल क्लब बनेको थियो। कोभिड महामारीले आक्रान्त बनाइरहेको यस घडिमा युएईमा कार्यरत रहेका नेपालीहरू बिच विगतका जसरी खेलकुद प्रतियोगिताहरू संचालन नभइरहँदा त्यसको असर परेको कुरा राख्दै यो प्रतियोगिताले नेपालीहरू माझ खेलकुदको माध्यमबाट सकारात्मक सन्देश जाने कुरा राख्दै प्रतियोगिता सबल व्यावस्थापन प्रति ध्यान दिंदै र फिफाको नियम अनुसार यहाँ कार्यरत रहेका नेपाली फिफा रेफ्रिबाट नै खेल संचालन गरिएको प्रतियोगिता संयोजक सागर श्रेष्ठले बताउँदै दिनभरका खेलहरू चर्चित गोलनेपाल डट कम तथा सँस्थाको पेजबाट फेसबुक मार्फत् प्रत्यक्ष प्रसारण गरेका थिए।

    प्रत्येक खेलका म्यान अफ द म्याच विजेतालाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको उक्त प्रतियोगितामा विभिन्न बिधागत उपाधीहरू उदयीमान खेलाडीहरूले कब्जा गरेका थिय, जस अनुसार क्रमश उत्कृष्ट गोलरक्षक युथ स्पोर्टिङका प्रकाश वस्नेत, सर्वाधिक गोलकर्ता नेपाल टाइगरका सनिल लिम्बु, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी युथ स्पोर्टिङका मधु भुजेल र सर्वोत्कृष्ट रक्षक युथ स्पोर्टिङका प्रविण श्रेष्ठको पोल्टामा परेको थियो ।

    समापन समारोहमा समाजको महिला समितिका सदस्यहरूले विजेताहरूलाई मेडल लगायर तथा उपस्थित अतिथिहरूले ट्रफि प्रदान गरेकोउक्त प्रतियोगिताको विजेता युथ स्पोर्टिङले करिब रू  एक लाख पैचालिस हजार नगद राशिका साथमा ट्रफि मेडल र प्रमाणपत्र तथा उपविजेता योङ व्वाइज ले करिब रू एकासी हजार नगद राशीका साथमा ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भयका थिए ।

    कोभिड १९ का महामारीका कारण युएई सरकारले जारी गरेको निति नियमको चपेटामा परि गत मार्च २०२० मा तय भइ अन्तिम अवस्थामा हुन नसकेको उक्त प्रतियोगिता हाल सम्पन्न गर्न पाउँदा युएईमा सुस्तायको खेल जगतलाई पुन निरन्तरता दिन अहं भुमिका निर्वाह गरेको कुरा अध्यक्ष श्रेष्ठले बताउँदै प्रतियोगिता सफल तुल्याउन सहयोग गर्नुहुने समृद्दि थापामगर फाउन्डेसन एसटिएम फाउडेशन, जि.बि होलिडेज एण्ड टुर्स बरदुबई, सयपत्री रेष्टुरेण्ट अलकुज, नेपाली चुलो रेष्टुरेण्ट अबुधाबी, अन्य प्रायोजक तथा सहयोगीहरू, सहभागी फुटबल क्लबहरू, खेलाडीहरू, टिम मेनेजरहरू, टिम कोचहरू, रेफ्रीहरू, अफिशियलहरू तथा आयोजक कमिटिका सबै पदाधिकारी एवं सदस्यहरू तथा प्रतियोगिता व्यावस्थापनमा सकृय समाजको खेलकुद तथा साँस्कृतिक विभाग सेट कास्की प्रति धन्यवाद सहित कृतज्ञता प्रकट गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा ग्राभेलसम्म नहुँदा स्थानीय जनता सास्तीमा

    हरि बानियाँ/ धादिङ, असार १८— बर्खा लागेपछि कच्ची सडकहरू, विशेषगरी पहाडी र ग्रामीण क्षेत्रमा, जहाँ...

    आज २०८२ साल असार १८ गतेको राशिफल

    आज असार १८, २०८२ (जुलाई २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...