News Portal

म्यादीका नजिनको अाँखाकाे अप्रेसनका लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउदै

हिमाली संचार संवाददाता
७११ पटक

कुवेत १८ सेप्टेम्बर – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि.क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका – २ लम्सुङका प्रेम बि.क. को छोरा नजिन बि.क. को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा  क्यान्सर भएर अाँखाकाे ज्योती समेत गुमेको छ ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको हो। पोखराको अस्पतालमा समेत उपचार गर्न नसकेर पोखरा बाट ललितपुरको क्यान्सर अस्पतालमा पठाएको छ । ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत नजिरको अाँखाकाे अप्रेसन गर्नको लागि डाक्टरको भनाइ अनुसार १६ लाख भन्दा बढी रकम लाग्ने अभियन्ता  बबिता योन्जनले बताएकी छिन ।

सानै उमेरमा अाँखाकाे ज्योती समेत गुमाएका नजिनको अाँखाकाे अप्रेसनको लागि अध्यक्ष भिम बहादुर गदलको संयोजकमा चार सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ । आर्थिक संकलन समितिमा समाजका द्वितीय उपाध्यक्ष टेक बहादुर बिश्वकर्मा, महाससचिब चन्द्र बिश्वकर्मा, सहसचिब गिता बिश्वकर्मा र काेषाध्यक्ष गोपाल गदाइली बिश्वकर्मा रहेको नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतका बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले जानकारी गराएका छन ।

कुवेतको नेपाली समाजमा कृयाशिल संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई नजिनको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिनको लागि नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक अपिल गरेको छ ।

तपाईंले पनि सहयोग गर्न चाहानु हुन्छ भने कृपया तल उल्लेखित नाम र मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

अभियान संयोजक  – भिम बहादुर गदल (+96566592280)
टेक बहादुर बिश्वकर्मा (+96560489899)
चन्द्र बिश्वकर्मा (+96567799127 / 50741292
गिता बिश्वकर्मा
गोपाल गदाइली बिश्वकर्मा
अभियन्ता बबिता योन्जन ( +977980-3446616)
नजिनको आमा उदिमाया बि.क ( +9779806126936)
गोर्खाज फाइनान्स, खाता न. (10180110166256524)

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...