News Portal

म्यादीका नजिनको अाँखाकाे अप्रेसनका लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउदै

हिमाली संचार संवाददाता
७७० पटक

कुवेत १८ सेप्टेम्बर – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि.क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका – २ लम्सुङका प्रेम बि.क. को छोरा नजिन बि.क. को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा  क्यान्सर भएर अाँखाकाे ज्योती समेत गुमेको छ ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको हो। पोखराको अस्पतालमा समेत उपचार गर्न नसकेर पोखरा बाट ललितपुरको क्यान्सर अस्पतालमा पठाएको छ । ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत नजिरको अाँखाकाे अप्रेसन गर्नको लागि डाक्टरको भनाइ अनुसार १६ लाख भन्दा बढी रकम लाग्ने अभियन्ता  बबिता योन्जनले बताएकी छिन ।

सानै उमेरमा अाँखाकाे ज्योती समेत गुमाएका नजिनको अाँखाकाे अप्रेसनको लागि अध्यक्ष भिम बहादुर गदलको संयोजकमा चार सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ । आर्थिक संकलन समितिमा समाजका द्वितीय उपाध्यक्ष टेक बहादुर बिश्वकर्मा, महाससचिब चन्द्र बिश्वकर्मा, सहसचिब गिता बिश्वकर्मा र काेषाध्यक्ष गोपाल गदाइली बिश्वकर्मा रहेको नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतका बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले जानकारी गराएका छन ।

कुवेतको नेपाली समाजमा कृयाशिल संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई नजिनको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिनको लागि नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक अपिल गरेको छ ।

तपाईंले पनि सहयोग गर्न चाहानु हुन्छ भने कृपया तल उल्लेखित नाम र मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

अभियान संयोजक  – भिम बहादुर गदल (+96566592280)
टेक बहादुर बिश्वकर्मा (+96560489899)
चन्द्र बिश्वकर्मा (+96567799127 / 50741292
गिता बिश्वकर्मा
गोपाल गदाइली बिश्वकर्मा
अभियन्ता बबिता योन्जन ( +977980-3446616)
नजिनको आमा उदिमाया बि.क ( +9779806126936)
गोर्खाज फाइनान्स, खाता न. (10180110166256524)

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...