News Portal

अब यति रुपैयाँ लाग्छ अर्को बैंकको एटिएमबाट रकम निकाल्दा

हिमालीसंचार संवाददाता
६९६ पटक

काठमाडौं – अन्तर बैक एटीएम प्रयोग गर्दा माघ १ गतेबाट शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो। बैंकहरुले यस्तो व्यवस्था असोजबाटै गर्न माग गरेपनि बैंकले माघबाट मात्रै स्विकृति दिएको हो।

अन्तर बैक एटीएम प्रयोग गर्दा प्रत्येक महिनाको सुरुमा दुइवटा निःशुल्क कारोबार भएपनि त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लिन सक्नेछन्। दुई भन्दा बढी कारोबार बाहकको हकमा बैक तथा वित्तिय संस्थाहरुले पूर्व अनुमति लिएर वा सेवा शुल्क बारे पू्र्व जानकारी गराएर इन्टरनेट बैकिङ, मोवाइल बैकिङ, एसएमएस बैकिङ जस्ता विद्युतीय बैकिङ सेवा वापतको शुल्क लिन सक्नेछन्।

कोरोना सुरु भएपछि अन्तर बैकिङ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो। बैकहरुले एटीएम संचालन खर्च उठाउन नसकेको भन्दै राष्ट्र बैकसँग अनुरोध गरेपछि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरिएको हो।

बैक तथा वित्तिय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको प्रबन्ध मिलाइ मोवाइल, इन्टरनेट, एसएमएस बैकिङ सर्भिसको आफ्नो युजर नेम तथा पासवर्ड हराएमा विर्सिएमा आफै प्राप्त गर्न (रिट्राइभ) गरि सेवा पुनः सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...