News Portal

अब यति रुपैयाँ लाग्छ अर्को बैंकको एटिएमबाट रकम निकाल्दा

हिमालीसंचार संवाददाता
७४१ पटक

काठमाडौं – अन्तर बैक एटीएम प्रयोग गर्दा माघ १ गतेबाट शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो। बैंकहरुले यस्तो व्यवस्था असोजबाटै गर्न माग गरेपनि बैंकले माघबाट मात्रै स्विकृति दिएको हो।

अन्तर बैक एटीएम प्रयोग गर्दा प्रत्येक महिनाको सुरुमा दुइवटा निःशुल्क कारोबार भएपनि त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लिन सक्नेछन्। दुई भन्दा बढी कारोबार बाहकको हकमा बैक तथा वित्तिय संस्थाहरुले पूर्व अनुमति लिएर वा सेवा शुल्क बारे पू्र्व जानकारी गराएर इन्टरनेट बैकिङ, मोवाइल बैकिङ, एसएमएस बैकिङ जस्ता विद्युतीय बैकिङ सेवा वापतको शुल्क लिन सक्नेछन्।

कोरोना सुरु भएपछि अन्तर बैकिङ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो। बैकहरुले एटीएम संचालन खर्च उठाउन नसकेको भन्दै राष्ट्र बैकसँग अनुरोध गरेपछि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरिएको हो।

बैक तथा वित्तिय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको प्रबन्ध मिलाइ मोवाइल, इन्टरनेट, एसएमएस बैकिङ सर्भिसको आफ्नो युजर नेम तथा पासवर्ड हराएमा विर्सिएमा आफै प्राप्त गर्न (रिट्राइभ) गरि सेवा पुनः सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...