News Portal

झापाली समाज युएईको अध्यक्षमा दुर्योधन कार्की चयन

हिमालीसंचार संवाददाता
६५० पटक

रामप्रसाद ढुंगेल,
युएई – झापाली समाज युएईको अध्यक्षमा युएईका सुपरिचित सामाजिक अभियन्ता दुर्योधन कार्की चयन भएका छन्। एकता, सहयोग र सहकार्यको मुलमन्त्र लिएर रोजगारीको सिलसिला युएईमा कार्यरत झापालीहरुको जिल्ला समाज युएईका थोरै सक्रिय समाजहरुमा अग्रणी संस्थाको रुपमा गनिन्छ।

डिसेम्बर २५ शुक्रबार भएको भर्चुअल तेस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत नियुक्त हुनुभएका अध्यक्ष कार्की एनआरएनए युएईको अबुधाबी क्षेत्रका पुर्वअध्यक्षसमेत हुन्। युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय तथा प्रष्टवक्ताको छवि बनाएका कार्की भद्रपुर नगरपालिका -९ झापाका स्थायी बासिन्दा हुन्।

नवगठित समितिको प्रथम उपाध्यक्षमा खगेन्द्र बुढाथोकी, द्वितीय उपाध्यक्षमा कृष्ण फुयाल, महिला उपाध्यक्षमा विश्नुमाया दंगाल, महासचिवमा दिनेश नेपाल, सचिवमा लोकनाथ कोइराला र प्रशान्त ताजपुरिया नियुक्त भएका छन्।

समितिको कोषाध्यक्षमा प्रेमकुमार अधिकारी, सह-कोषाध्यक्षमा काशीनाथ ढकाल र केन्द्रीय सदस्यमा उज्ज्वल दाहाल र भीमप्रसाद प्याकुरेल निर्वाचित भएको झापाली समाज युएई तेस्रो अधिवेशन निर्वाचन समितिका संयोजक मेघराज सापकोटाले बताएका छन्।

नवगठित समितिलाई हार्दिक बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाले सामाजिक सेवाको क्षेत्रमा समर्पित हुन अझै प्रेरणा मिलोस भनी सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष सुब्बाले झापाली समाज युएई र अन्तर्राष्ट्रिय झापाली समाजबीचको सम्बन्ध र सहकार्यको विगतको इतिहासलाई यो समितिले अझ नयाँ उचाईमा पुर्‍याउने विस्वास गर्दै झापा र झापालीको मात्रै नभएर नेपाल र नेपालीहरुको सुखदुःखको सारथि झापाली समाज युएई बन्न सकोस भन्ने सदिच्छा समेत प्रकट गरेका छन्।

पुर्वमहासचिव अमरराज राईले सन्चालन गरेको अधिवेशनमा निवर्तमान अध्यक्ष अशोक चापागाईंले आफ्नो कार्यकालमा १३ लाख रुपैयाँको असहाय बालबालिका अक्षयकोस र १० लाख रुपैयाँको आजीवन सदस्य अक्षयकोष नेपालमा जम्मा गर्न सफल भएको बताएका छन्।

निवर्तमान कोसाध्यक्ष भरत बुढाथोकीले समाजको मुलकोस २६ लाख रुपैयाँ बराबरको भएको बताउदै उक्त कोष नेपालको सामाजिक र शैक्षिक अनि आफनै आजीवन सदस्यहरुको दु:खमा काम लाग्ने बताएका छन्।

तेस्रो अधिवेशनका लागि हङकङमा कार्यरत अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा प्रमुख अतिथिको रुपमा उपस्थित भएर झापाली समाज युएईले गरेका सामाजिक कार्यहरुको सराहना गरेका थिए। उनले झापाली समाज युएईका अभियानमा अन्तर्राष्ट्रिय झापाली समाजले सहयोग गर्ने बताएका छन्।

अधिवेशनको विशिस्ट अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा मध्यपुर्व संयोजक नवीन पोखरेल, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, एनआरएनए युएई तथा आजिवन सदस्य, निश्चल दाहालले पुरानो समितिलाई धन्यवाद प्रकट गर्दै नयाँ समितिलाई शुभकामना प्रकट गरेका थिए।

अधिवेशनमा अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका सचिव तथा झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल, नेपाल पत्रकार महासंघ युएई शाखा उपाध्यक्ष मेघराज सापकोटा, प्रगतिशील नेपाली समाज युएईका अध्यक्ष जीवन दासलगायतका सामाजिक अभियन्ताले झापाली समाजले युएईको नेपाली सामाजिक जीवनमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

अधिवेशनमा निवर्तमान महासचिव अमरराज राईले झापाली समाज युएईले २०१५ देखि हालसम्म सम्पन्न गरेका महत्त्वपूर्ण ७२ वटा सामाजिक, आर्थिक, कानुनी र भौतिक सहयोगहरुका फेहरिस्त सार्वजनिक गरेका थिए।

नवनिर्वाचित अध्यक्ष कार्कीले एकता, सहयोग र सहकार्यको भावनालाई अझै गतिशीलता दिने र झापाली समाज युएईको विगतको गरिमालाई उच्च राख्ने प्रतिवद्धता गरेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...