News Portal

  • तमू समाज कुवेतको पहलमा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    हिमालीसंचार संवाददाता
    ५८० पटक

    कुवेत सिटी – विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित डा.महावीर पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माण गरी बिभिन्न बिधामा खोज, अनुसन्धान, अभ्यास तथा निर्माण गरी रहेका छन। नेपाल सरकारको बिल्कुल सहयोग नरहे पनि आफ्नै बलबुता, स्रोतसाधन तथा देश तथा परदेशमा रहनु हुने सहयोगी मनहरुको आर्थिक सहयोग दानबाट निरन्तर अगाडि बढी रहेको सबैलाई जग जाहेर नै छ।

    पछील्लो समय विश्वोब्यापी कोरोना भाईरसका कारण मुलुक र मुलुकबासी आक्रन्त भईरहेको कोरोना बिरुद्ध लडन बिभिन्न किसिमका उपकरणहरु आविश्कार गरी निशुल्क बितरण गरीरहेको हामी सबै जानकार छौ।

    यसै अनुरुप तमू समाज कुवेतद्वारा कुवेतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु माझ सहयोग रकम सन्कलन गरी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने निधो गरे अनुसार बिभिन्न्न चरणबाट सन्कलीत रकम जम्मा ४ सय १४ केडी ३१० फिल्स अर्थात नेपाली १,५८,३२६ रुपैया (एक लाख अन्ठाउन्न हजार तीन सय छब्बिस) हिजो मिती २३ डिसेम्बर २०२० (८ पौष २०७७, बुधवार) समाजका सल्लाह्कार तथा नेपाल गीतकार संघका सदस्य बालक गुरुङ ज्युले आबिष्कार केन्द्र, किर्तिपुरमा डा.महाबिर पुन ज्युलाई हस्तान्तरण गरिएको तमू समाज कुबेतको अध्यक्ष अभियान्ता राजु गुरुङले जानकारी गराएका छन।

    सहयोग रकम हस्तान्तरण पश्चात अभियन्ता तमू समाज लगायत कुवेतमा कार्यरत सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद प्रदान गर्दै राष्ट्रिय अविष्कार केन्द्रबारे जानकारी लिन वा, केद्रले हालसम्म हासिल गरेका उपलब्धीहरु बारे बुज्नको निम्ती केन्द्रको युट्युब च्यानल वा, फेसबुक भिजिट गर्न आग्रह गर्नु भएको थियो।

    राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ चलाएको अभियानबाट सन्कलित रकम र नेपाली होटेलहरुमा राखिएको “दान पेटिका”बाट सन्कलित रकमको विवरण यस प्रकार रहेको छ।

    १) तमू समाज कुवेतद्वारा आयोजित तमू ल्होसार कार्यक्रममा सन्कलित रकम – १३९ केडी ८०५ फिल्स

    २) मगर संघ कुवेतद्वारा आयोजित माघे सकराती कार्यक्रममा सन्कलित रकम – ५४ केडी ७५० फिल्स

    ३) माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबद्वारा आयोजित एम बि बम्जन गोल्ड कप प्रतियोगिताको फाइनल खेलका दिन सन्कलित रकम – १४४ केडी २३० फिल्स

    ४) हिमालय रेष्टुरेण्ट, महाबुल्लामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ३७ केडी ४५० फिल्स

    ५) चौतारी रेष्टुरेण्ट, मालियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ८ केडी

    ६) नेपाल फुड ल्यान्ड रेष्टुरेण्ट, जिलिबमा राखिएको दान पेटिकाबाट सन्कलित रकम – १२ केडी ७५ फिल्स

    ७) एभरेस्ट नेपाली रेष्टुरेण्ट, फर्वानियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ८ केडी ४५५ फिल्स

    ८) भेटघाट नेपाली रेष्टुरेण्ट, फर्वानियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – १० केडी

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    गण्डकीको राइड सेयरिङमाथि सर्वोच्च अदालतको हस्तक्षेप, नियमावली कार्यान्वयनमा रोक

    काठमाडौँ, असार १० – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन...

    आइसीसी अध्यक्ष महेश श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटीबीच एकता हुने सहमति

    काठमाडौँ, असार १०  — गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष...

    एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठद्वारा बाल्टिमोरमा एकताको बलियो सन्देश, नेपाललाई समृद्ध बनाउन आह्वान

    बाल्टिमोर (अमेरिका), असार १०  – गैर आवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष महेशकुमार...

    गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

    काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान...

    एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक : अध्यक्ष श्रेष्ठ

    अमेरिका, असार १० — गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएनएको...