News Portal

गैरआवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव मनाउदै, नेपाली समुदायका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने

मकाउमा रहनु हुने नेपालीहरुमा उपस्थितिका लागि निमन्त्रणा

हिमालीसंचार संवाददाता
५८९ पटक

मकाउ – गैरआवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव आगामी डिसेम्बर २७ तारिख आइतबार भव्य रुपमा ८८४८ नेपाली रेष्टुरेन्ट मनाउदैछ भने नेपाली समुदायका लागि सहयोग गर्नु हुने सहयोगीदाताहरुलाई विशेष सम्मान गर्ने भएको छ।

संधले मकाउमा रहनु हुने नेपाली दाजुभाई दिदि बहिनीहरुमा उपस्थितिका लागि विशेष अनुरोध समेत गरेको छ। संधले आफ्ना सदस्यहरु, अग्रज महानुभाव, सहयोगी महानुभावहरु, शुभचिन्तक, संस्थालाई माया गर्नु हुने नेपाली समुदायका तमाम् दाजुभाई दिदिबहिनीहरुमा संस्थाको फेसबुक मार्फत गरिमामय उपस्थितिका लागि विशेष निमन्त्रणा समेत गरेको छ।

कोरोना कहरका यो विषम परिस्थितिमा अन्य मुलुकहरुमा नयाँ प्रविधिको प्रयोगद्वारा कार्यक्रम आयोजना भइरहेको छ। मकाउ विश्वकै सुरक्षित मुलुक रहेका हुनाले गैरआवासीय नेपाली संघ मकाउले आफ्नो बार्षिक उत्सव औपचारिक रुपमा ८८४८ नेपाली रेष्टुरेन्टमा आयोजना गर्न लागेको हो।

संधका अध्यक्ष पूर्ण बहादुर गुरुङका अनुसार गैरआवासीय नेपाली संघ मकाउसंग प्रत्यक्ष, अप्रत्यक्ष जोडिएर नेपाली समुदायका लागि मकाउबाट विशेष सहयोग गर्नु हुने १७ जना स्वदेशी तथा विदेशी स्थानीय मकाउका सहयोगी महानुभाव लगायद बौद्धिक व्याक्तित्वहरुलाई समेत (प्रशंसा पत्र) विशेष सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...