मकाउ – मकाउमा आयोजित तिहार विशेष कार्यक्रममा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित रकम उर्लाबारी स्थित बालगृह र ताप्लेजुङ स्थित बालमन्दिर आधारभूत विधालयका गरिब, वित्पन्न परिवारका बालवालिकाहरुलाई सामाजिक अभियन्ता गीता मगर शेर्पाको नेतृत्वमा न्यानो ज्याकेट प्रदान गरिएको छ।
मकाउमा देउसी भैलो कार्यक्रममा संकलित रकम सामाजिक अभियन्ता गीता मगर शेर्पा मार्फत मोरङको उर्लाबारीमा रहेको बाल गृहलाई सिता मगर गुरुङ माध्यमद्वारा बाल गृहकी संचालिका मिना बराललाई ५१ थान न्यानो ज्याकेट हस्तान्तरण गरिएको थियो।
ताप्लेजुङ स्थित श्री बालमन्दिर आधारभूत विधालयममा २६ थान न्यानो ज्याकेट हस्तान्तरण गरिएको सामाजिक अभियन्ता गीत मगर शेर्पाले हिमालीसंचार डटकमसंगको कुराकानीमा बताएकी छिन्। देउसी भैलो कार्यक्रममा सहभागी सहयोगी सम्पूर्ण महानुभाव प्रति हार्दिक आभार समेत व्यक्त गरेकी छिन् ।
यो पनी पढनुहोस्
समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा नमूना बाल गृहका बालबालिकाहरुलाई कपडा सहयोग