News Portal

जनसम्पर्क समिति युरोपको दोश्रो अधिवेशन डिसेम्बर २८ मा सभापति देउवाले उद्घाटन गर्ने

हिमालीसंचार संवाददाता
४९५ पटक

केजिन राई,
युराेप – नेपाली जनसम्पर्क समन्वय समिति युरोपको दोश्रो महाधिवेशनमा सभापति शेरबहादुर देउवाले सम्बाेधन गर्ने भएका छन्। समितिका महामन्त्री गंगाधर गौतममा अनुसार २८ डिसेम्बर सोमबारका दिन भर्चुअल प्रविधिमार्फत् हुने सो महाधिवेशनमा सभापति देउवासहित पार्टीका केन्द्रीय पदाधिकारीहरु सहभागी हुने भएका छन्।

कांग्रेस नेताहरु उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्ण बहादुर खड्का, सह-महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रिय सदस्य डा.शेखर कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा र जनसम्पर्क प्रमुख गोविन्द भट्टराईलगायत विदेशस्थित बिभीन्न देशका जनसम्पर्क समितिका सभापतिहरुले सो अधिवेशनलाई सम्बाेधन गर्ने भएका छन। महाअधिवेशनमा युरोपस्थित १६ देशमा रहेका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुले भाग लिने गौतमले जानकारी दिए।

समितिको विधानअनुरुप सो महाधिवेशनमा युरोप क्षेत्रमा रहेका नेपाली जनसम्पर्क समितिका वर्तमान तथा पूर्वसभापतिहरू, पदाधिकारीहरू, नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका वर्तमान तथा पूर्व प्रतिनिधिहरूले सो अधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन पाउने छन्। सन् २००७ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उपस्थितिमा समितिको पहिलो बर्लिन भेलाले नेपाली जनसम्पर्क समिति युरोपको स्थापना गरेको थियो।

समितिको पहिलो महाधिवेशन सन् २००९, अगष्टमा वर्तमान सभापति तथा तत्कालीन वरिष्ठ नेता शेर बहादुर देउवाले प्रोतुगलको राजधानी लिस्वनमा उद्धघाटन गरेका थिए। समितिको नेतृत्व जर्मनस्थित व्यवसायी दिल गुरुङले गर्दै आएका छन्। आगामी महाधिवेसनले नयाँ नेतृत्वकोसमेत चयन गर्ने बताएको छ।

सो महाधिवेशन तयारीको लागि सभापति दिल गुरुङको संयोजकत्वमा अधिवेसन मुलआयोजक समिति, बरिष्ठ उपाध्यक्ष पूर्ण हमालको संयोजत्वमा निर्वाचन समिति, शशी पौडेलको संयोजकत्वमा विधान समिति, उपसभापति जानकी गुरुङको संयोजकत्वमा समन्वय तथा अनुगमन समिति, विनोद घिमिरेको संयोजकत्वमा प्रविधी सहयोग तथा प्रचारप्रसार समिति, दयाराम पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...