News Portal

  • खोटाङ कुवेत सम्पर्क मन्चद्वारा मृगौला पीडित सागर कोइरालाको बचाऊका लागी अपिल

    पीडित सागर भन्छन् - म बाच्न चाहान्छु, मलाई बचाईदिनुस !

    हिमालीसंचार संवाददाता
    १२५१ पटक

    कुवेतसिटी – मोरङको सुन्दरहरैचा नगरपालिका-२ उफ्रौलियाका दुवै मृगौला पीडित २४ बर्षिय सागर कोइरालालाई बचाऊन उनको घरपरिवारले सहयोगको अपिल गरेका छन्। मृगौला पीडित सागरका बुवा खगेन्द्रप्रसाद कोइरालाका अनुसार छोराको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अबस्था कमजोर भएका कारण सहयोगको लागी अपिल गरिएको बताए।

    नातागोता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पुर्याएर औषधी उपचार गरिरहेको बुवा खगेन्द्रले बताए। उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागी धेरै रकम लाग्ने बताएपछि आफुसँग छोराको उपचार गर्ने क्षमता नभएकाले हारगुहार गर्नुपरेको बताए। सुन्दरहरैचामा खेतीपाती गरेर पारिवारिक खर्च धान्दै आएका उनका बाबुले आफुसँग छोराको उपचार गर्न आर्थिक नभएपछी सबैसँग सहयोगको लागी अपिल गर्नु परेको बताएका छन।

    पीडित सागर गएको ६ महिनादेखि विरटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेका छन। अस्पताल श्रोतका अनुसार उनको दुवै मृगौला फेल भएको र छिटो भन्दा छिटो मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने बताइएको छ।

    उनलाई बचाउनका लागी सागरका दाजु पारस कोइरालाको नाममा नबिल बैकमा खोलिएको खाता नम्बर ०८८१००१७५००२३५ (08810017500235)मा रकम जम्मा गरेर सहयोग गर्न सकिने बताइएको छ।

    यस्तै, पीडित सागरको बचाउको लागी कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मन्चले कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको लागी अपिल गरेको छ। खोटाङ कुवेत सम्पर्क मन्चका उपाध्यक्ष बिष्णु भट्टाराईले अनुरोधसमेत गरेका छन।

    उनको उपचारमा सहायोग गर्न चाहने दाजुभाई तथा दिदीबहिनीहरुले माथी दिईएको बैक खातामा वा, उक्त मन्चका पदाधिकारीहरुलाई तल दिईएको मोबाइल नम्बरहरुमा सम्पर्क गरि सहयोग गर्न सकिने छ।

    कुवेतका लागी सम्पर्क:

    मन्जित राई – ००९६५-६६३३१०२३
    बिष्णु भट्टाराई – ००९६५-५०१९३८४०
    ००९६५-६७७२५३७९

    नेपालका लागी सम्पर्क:

    पारस कोइराला – ००९७७-९८१९३४५६२७

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    नुवाकोट धादिङ रसुवा समाज कुवेतका संस्थापक राकेश मनाङथेनले किन दिए राजीनामा?

    कुवेत, असार १० — नुवाकोट धादिङ रसुवा समाज, कुवेतका संरक्षक पदमा रहेर सेवा गरिरहेका संस्थापक...

    आज २०८२ साल असार १० गतेको राशिफल

    आज असार १०, २०८२ (जुन २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

    धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला...

    ८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

    काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक...

    एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

    काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा...