News Portal

सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

संवाददाता
५८४ पटक

काठमाडौँ । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ । विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ ।

क्यान्सर काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया तथा जनचेतनामूलक कार्यक्रममा वीर अस्पतालका क्यान्सर विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले सूर्तीजन्य पदार्थको प्रयोग पाइएका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको बताउँदै जनचेतनाका कारण फ्रान्समा एक वर्षमा दश लाख मानिसले सूर्तीजन्य पदार्थ त्यागेको जानकारी दिए ।

क्यान्सर काउन्सिलका अध्यक्ष रुद्रलाल कँडरियाले सरकारले सूर्तीजन्य पदार्थको उत्पादनलाई न्यूनीकरण गरी यस्ता वस्तुको प्रयोगमा रोकथाम गर्न देशका विभिन्न स्थानमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

माछापुच्छ बैंक लिमिटेड, सामाजिक सेवा विभाग उपप्रमुख प्रतिमा पाण्डेले सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि आफ्नो संस्थाले क्यान्सर काउन्सिलसँग सहकार्य गरी राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षक गगनसिंह ऐरले सूर्तीजन्य पदार्थ रोकथामका लागि विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकलाई त्यसबाट उत्पन्न हुने विभिन्न रोगबारे जानकारी गराउनुपर्ने औंल्याए ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेतको कार्यक्रम विवादमा

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...