News Portal

हङकङ सरकारले नेपालको उडानमाथि पुनः प्रतिबन्ध

हिमालीसंचार संवाददाता
४७९ पटक

युवा राई/हङकङ – हङकङ सरकारले नेपालबाट हङकङ आएका ७ जना यात्रुमा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालबाट हङकङका लागि हुने सबै उडानमाथि पुनः प्रतिबन्ध लगाएको छ।

हङकङमा बुधवार थप १८ जनामा ​कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले हङकङले जनाएको छ। संक्रमितमध्ये १५ जना आयातित र ३ जना स्थानीय रहेका छन्। आयातितमध्ये ७ जना नेपाल एयरलाइन्सको उडान नं. ४०९ बाट हङकङ आएका हुन्।

यात्रुसंगै कोरोना संक्रमित भित्रिएपछि यसअघि पनि दुई पटक नेपालको उडानमाथि हङकङ सरकारले प्रतिबन्ध लगाएको थियो। पछिल्लो पटक ४ नोभेम्बरपछि खुला भएको उडानपछि पुनः तेश्रो पटक प्रतिबन्ध लगाइएको हो।

नेपालबाट हुने सबै उडान दुई हप्ताको लागि नोभेम्बर १२ देखि नोभेम्बर २५ तारिखसम्म प्रतिबन्धित हुने भएको छ। हङकङमा कोरोना संक्रमितको संख्या ५,५४०८ पुगेको छ। ५,१५९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ९३ जनाको उपचार भइरहेको छ। ६ जना कोरोनाका विरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा १०८ जनाको ज्यान गइसकेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...