News Portal

ग्लोबल आइएमई बैकद्वारा सबै ग्राहकलाई उपहार

हिमालीसंचार संवाददाता
७७६ पटक

रामप्रसाद ढुंगेल/युएइ– ग्लोबल आईएमई बैकले दशैँ तिहारको अवसरमा युएईबाट रेमिट्यान्स गर्ने नेपालीका लागि उपहार दिदै आएको छ ।

गत अक्टोबर १७ तारिखदेखि आगामी नोभेम्बर १५ तारिखसम्मका लागि ल्याइएको योजनामा सहभागी हुन युएईमा रहेका नेपालीले ईमिरेट्स ईन्डिया इन्टरनेशनल एक्सचेन्जबाट नेपालमा पैसा पठाउनु पर्ने ग्लोबल आइएमई बैंकका युएई प्रतिनिधि माधब रेग्मीले बताउनुभएको छ ।

यसरी पैसा पठाउदा नेपालमा रहेका पैसा प्राप्त गर्ने सबै ग्राहकले नेपालको आइएमई ग्लोबल आइएमई बैंकबाट उपहार प्राप्त गर्नेछन् । युएईबाट पैसा पठाएका सबै ग्राहकका आफन्तको मोबाइलमा ग्लोबल आईएमई बैंकले ५० रुपैया मोबाइलमा रिचार्ज अथवा टपअप गर्दै आएको छ ।

आफ्ना नियमित ग्राहकलाई दशैँतिहारको अवसरमा शुभकामना सहित वडादशैँ ग्लोबल आईएमईको साथमा, मोबाइल टप अप हातमा नामक हात खाली नजाने उपहार योजना ल्याएको बैँकका युएई प्रमुख माधव रेग्मी बताउँछन् ।

इमिरेट्स ईन्डिया इन्टरनेसनल एक्सचेञ्जका युएईका सातै प्रान्तमा रहेका ३० भन्दा बढी शाखाबाट नेपालको आइएमई, ग्लोबल आइएमई र जिएमई पेमेन्ट पार्ट्नर रहेका देशभर रहेका १६ हजार भन्दा बढी एजेन्टमार्फत पैसा निकाल्न मिल्ने गरी रेमिट्यान्स गर्दा यो योजनामा सबैले ग्लोबल आइएमइ बैंकबाट उपहार पाउन सक्नेछन् ।

ग्लोबल आईएमई बैकका लागि माधव रेग्मी र अर्जुन चापागाईले युएईमा बैँकिङ सहजीकरण तथा बजारीकरण गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...