News Portal

ओलीले सरकार संचालनका क्रममा धेरै कमजोरीहरु गरे – नारायणकाजी श्रेष्ठ

हिमालीसंचार
५१५ पटक

काठमाण्डौ – सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले भारतका गुप्तचर संस्थाका प्रमुखसँग भेट्नु गलत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रालयका प्रतिनिधीविना भारतको जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्नु विधि र परम्परा विपरित भएको श्रेष्ठको भनाई छ । गोयल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुत भएर नेपाल आएको भए पनि पूर्वजानकारी हुनुपर्नेमा त्यसो नगरिएकोमा श्रेष्ठले आपत्ति प्रकट गरेका छन् ।

जनता जान्न चाहन्छन् भन्ने कार्यक्रम अन्तर्गत ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले विगतमा भारतले नेपालमा सुक्षम हस्तक्षेप गरे पनि त्यसको अन्त्य भएका बेला फेरी गोयलको भेटले हस्तक्षेप शुरु भएको टिप्पणी गरे ।

नेकपा कर्णाली प्रदेशको विवाद समान्य भए पनि केन्द्रमा पार्टीको निर्णय ओलीले पालना नगर्दा समस्या देखिएको उहाँको भनाई छ । श्रेष्ठले कर्णाली प्रदेशको विवाद प्रदेशकै अधिकारअन्तरगत रहेको पनि बताए । श्रेष्ठले सरकार संचालनका क्रममा ओलीले धेरै कमजोरीहरु गरेको आरोप पनि लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

इरान युद्ध गम्भीर मोडमा: ८०० भन्दा बढीको मृत्यु, हजारौँ घाइते, विश्वभर इन्धन मूल्य वृद्धि हुने

काठमाडौं — मध्यपूर्वमा बढ्दो सैन्य टकरावबीच इरान केन्द्रित युद्धले गम्भीर रूप लिएको छ। पछिल्ला दिनहरूमा...

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौंः साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट...

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...