News Portal

एनएसएस मकाउले विजयादशमीको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम ग’यो

हिमालीसंचार संवाददाता
५०७ पटक

मकाउ – वैदिक सनातनी नेपालीहरूको महान चाडवाड बडा दशै, विजयादशमीको उपलक्ष्यमा नेपाली सहयोगी हातहरु, मकाउले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी भव्य सम्पन्न गरेको संस्थाका अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिएका छन्। 

मकाउमा विभिन्न कारणले बडा दशै भन्दा एक दिन अगाडी आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम संगै संस्थाको सदस्यहरुको सामूहिक जन्मोत्सव कार्यक्रम समेत रहेको हुदा आयोजित कार्यक्रममा चार जना संस्थाको सदस्यहरुको सामूहिक जन्मोत्सवको कार्यक्रम समेत नेपाली रेष्टुरेन्ट ८८४८, मकाउमा सम्पन्न गरेको हो। 

बडा दशै हिन्दु परम्पराका विभिन्न मान्यता अनुरूप आज अपराजिता भगवती पुजा आराधना गरी नेपाल लगायद नेपाली समुदायहरुले विजया दशमी धुमधाम माउने प्रचलन रहेको छ। नेपाल भन्दा बाहिर प्रवासमा पनि हर्षोल्लासका साथ साथी भाई विभिन्न कार्यक्रमको आयोजना गरेर दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा लगाएर दशै मनाउदै आएका छन्।

अन्तराष्ट्रिय पंचाङ्ग निर्णायक समितिका अनुसार आज टिकाको साइत बिहान १० बजेर १९ मिनेटमा रहेको एक विज्ञप्ति मार्फत जनाएको थियो। विजयादशमीको हरेक क्षण शुभरहेकाले आज टीका लगाउनका लागि जुनसुकै समयपनि सामान्य उत्कृष्ट रहेको पंचाङ्ग मुल समितिले जनाएको छ। 

आज मान्यजन एवम् कुलवृद्धवृद्धाबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक महाकाली महालक्ष्मी महासरस्वतीको पुजा गरि पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुप मानी लगाउने मान्यजनको बाहुलीबाट ग्रहण गर्ने परम्परा रहेको छ। जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने भएकाले यसको तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...