News Portal

एनएसएस मकाउले विजयादशमीको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम ग’यो

हिमालीसंचार संवाददाता
४४९ पटक

मकाउ – वैदिक सनातनी नेपालीहरूको महान चाडवाड बडा दशै, विजयादशमीको उपलक्ष्यमा नेपाली सहयोगी हातहरु, मकाउले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी भव्य सम्पन्न गरेको संस्थाका अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिएका छन्। 

मकाउमा विभिन्न कारणले बडा दशै भन्दा एक दिन अगाडी आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम संगै संस्थाको सदस्यहरुको सामूहिक जन्मोत्सव कार्यक्रम समेत रहेको हुदा आयोजित कार्यक्रममा चार जना संस्थाको सदस्यहरुको सामूहिक जन्मोत्सवको कार्यक्रम समेत नेपाली रेष्टुरेन्ट ८८४८, मकाउमा सम्पन्न गरेको हो। 

बडा दशै हिन्दु परम्पराका विभिन्न मान्यता अनुरूप आज अपराजिता भगवती पुजा आराधना गरी नेपाल लगायद नेपाली समुदायहरुले विजया दशमी धुमधाम माउने प्रचलन रहेको छ। नेपाल भन्दा बाहिर प्रवासमा पनि हर्षोल्लासका साथ साथी भाई विभिन्न कार्यक्रमको आयोजना गरेर दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा लगाएर दशै मनाउदै आएका छन्।

अन्तराष्ट्रिय पंचाङ्ग निर्णायक समितिका अनुसार आज टिकाको साइत बिहान १० बजेर १९ मिनेटमा रहेको एक विज्ञप्ति मार्फत जनाएको थियो। विजयादशमीको हरेक क्षण शुभरहेकाले आज टीका लगाउनका लागि जुनसुकै समयपनि सामान्य उत्कृष्ट रहेको पंचाङ्ग मुल समितिले जनाएको छ। 

आज मान्यजन एवम् कुलवृद्धवृद्धाबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक महाकाली महालक्ष्मी महासरस्वतीको पुजा गरि पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुप मानी लगाउने मान्यजनको बाहुलीबाट ग्रहण गर्ने परम्परा रहेको छ। जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने भएकाले यसको तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...