News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पूर्वगोरखा सैनिक बेलायती महारानीको विशेष प्रतिनिधि नियुक्त

    हिमालीसंचार संवाददाता
    ४१२ पटक

    लण्डन – बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने अवसर एक पूर्वगोरखा सैनिकले पाएका छन्।  बेलायत सेनाबाट अवकाश प्राप्त मेजर मनिकुमार राईले महारानी ह्यम्परसायर काउण्टीका लागि डेपुटी लर्ड लेफ्टिनेण्ट पदमा नियुक्त भएका हुन्।

    बेलायतमा हरेक काउण्टी महारानीको प्रतिनिधिका रुपमा लर्ड लेफ्टिनेण्ट रहेका हुन्छन् । उनीहरुको नियुक्ति महारानीबाट हुने गर्छ । लर्ड लेफ्टिनेण्टहरुले आफ्नो कार्यमा सघाउनका लागि डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्त गर्ने गर्छन्। लर्ड लेफ्टिनेण्टको सिफारिसमा डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्ति पनि महारानीबाट हुने गर्छ । यस्तो अवसर पाउने भाग्यमानी मेजर राईले प्राप्त गरेका हुन्। 

    डेपुटी लर्ड लेफ्टिनेण्टहरुको नियुक्ति उनीहरुको स्थानीय र राष्ट्रिय तहमा पु’याएको योगदानका आधारमा नियुक्त हुने गर्दछ।बेलायतमा १५ औ शताब्दीदेखि लर्ड लेफ्टिनेण्ट नियुक्त गर्ने परम्परा रहेको हो। 

    लर्ड लेफ्टिनेण्टको जिम्मेवारी राजपरिवारको स्थानीय क्षेत्रमा भ्रमण हुँदा त्यसको व्यवस्थापन गर्ने, अवार्डहरु प्रदान गर्ने, पदकहरुका लागि सिफारिस गर्ने, नागरिकहरुले आयोजना गरेको कार्यक्रमहरुमा राजपरिवारका तर्फबाट प्रतिनिधित्व गर्ने, स्थानीय जल, स्थल, वायु र सेनाका अन्य टुकडीहरुसित समन्वय गर्ने, स्थानीय स्तरमा राजपरिवारका सदस्यहरुले प्रतिनिधित्व गर्ने संस्थाहरुमा नेतृत्व, सल्लाह र नियुक्ति दिने लगायतका हुन्छन् ।

    लर्ड लेफ्टिनेण्टलाई सघाउनका लागि भाइस लर्ड लेफ्टिनेण्ट र डेपुटी लर्ड लेफ्टिनेण्टहरू नियुक्त गरिएका हुन्छन् । ह्याम्पसायरमा प्रति २५ हजार जनसंख्या बराबर १ जना डेपुटी लर्ड लेफ्टिनेण्टको व्यवस्था गरिएको हुन्छ। 

    उनीहरुको नियुक्ति गैरराजनीतिक हुने र कुनै राजनीतिक दलको जिम्मेवारी नलिएको हुनुपर्ने बताइएको छ। यसरी नियुक्त भएका लर्ड र डेपुटी लर्ड लेफ्टिनेण्टहरु ७५ वर्षको उमेरसम्म पदमा बहाल रहने छन् तर उनीहरुलाई त्यसअगावै महारानीले पदमुक्त भने गर्न सक्ने अधिकार रहन्छ । उनीहरुको जिम्मेवारी स्वय‌ंसेवी हुने छ।

    लर्ड लेफ्टिनेण्टहरुले राजपरिवारलाई निमन्त्रणा गरिएका कार्यक्रमहरुमा राजपरिवारको उपस्थिति हुन नसकेको अवस्थामा राजपरिवारको प्रतिनिधित्व गर्दछन् । उनीहरुलाई राजपरिवार बराबरकै सम्मान, बस्ने ब्यवस्था र सम्बोधन गर्ने गरिन्छ । लर्ड लेफ्टिनेण्टको उपस्थिति नभएको अवस्थामा डेपुटी लर्ड लेफ्टिनेण्टहरुले राजपरिवारको प्रतिनिधित्व गर्छन् र उनीहरुलाई पनि लर्ड लेफ्टिनेण्टलाई गरिने बराबरकै सम्मान, बस्ने ब्यवस्था र सम्बोधन गरिन्छ। त्यस्तै, राजपरिवारका सदस्यहरुलाई कुनै कार्यक्रममा बोलाउनु पर्यो भने भने लर्ड लेफ्टिनेण्टमार्फत निमन्त्रणा गर्न सकिन्छ ।

    मेजर रिटायर्ड राई हाल गोरखा ब्रिगेड एसोसिएसनको सचिवका रुपमा कार्यरत छन् । उनले सन् २००५ देखि ग्रासोट्समा गोरखा दरबार नाम गरेको नेपाली रेस्टुरेन्ट पनि संचालन गर्दै आएका छन् । उनले निजी पहलमा विभिन्न च्यारिटीका कामहरु पनि आयोजना गरिरहेका छन्। 

    गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड जी हेजले राईको नियुक्तिले गोरखाहरुको बेलायतलाई दिएको योगदानको कदर गरिएको प्रतिक्रिया दिएका छन् । उनले राई सो जिम्मेवारीका लागि उपयुक्त व्यक्ति रहेको बताए । मेजर राईले पनि महारानीको प्रतिनिधि बन्नु गौरवको कुरा भन्दै आफ्नो पृष्ठभूमि गोरखा सैनिक र नेपाल भएकाले ती दुवैको पनि प्रतिनिधित्व गर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    एमसीसी बन्द गर्ने तयारीमा अमेरिका: डजले सुरु गर्‍यो कर्मचारी कटौती

    वासिङ्टन डीसी, वैशाख ११ – एलन मस्कको नेतृत्वमा रहेको ट्रम्प प्रशासन अन्तर्गतको सरकारी खर्च कटौती...

    शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

    मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द...

    आजको राशिफल

    आज वैशाख ११, २०८२ (अप्रिल २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संतुलित कुटनैतिक संम्बन्ध आजको आबश्यकता

    अस्थिर राजनीतिले निम्त्याएको संकटमा देश दिनप्रतिदिन खस्किदो अबस्थामा पुग्यो। जनगुनासो सुन्ने नैतिक जिम्मेवारी, जन-उत्तरदायी नभएको...

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...