News Portal

अनिल कोयी राई र सुनीता थेगेमको “भैयोनी पुरानो…” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२६१ पटक

काठमाण्डौ – गायक तथा चर्चित युवा संगीतकार अनिल कोयी राईको पृथक नया लोकभाका चर्चित गायिका सुनीता थेगेम संगको युगल आवाजमा रहेको “भैयोनी पुरानो…!” म्युजिक भिडियो तक्मेबुडा डटकम युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

कोरोना भाईरसको विषम परिस्थितिमा पनि नेपाली सांगीतिक आकाशमा एकपछि अर्को नया प्रतिभा उदीयमान भैइररेका छन्। जसको उदाहरण अनिल कोयी राई हुन् । सार्वजनिक म्युजिक भिडियोका संगीतकार अनिल कोयी राईले नै यस गीतका रचना समेत गरेका हुन्। 

संगीतकार तथा यस गीतका गीतकार अनिल कोयी राईले हिमाली संचारसंगको कुराकानीमा सार्वजनिक गीत दर्शक श्रोतावीच राख्न सफल भएकोमा सम्पूर्ण कलाकार लगायदका टिम भित्रका मेहनतले छोटो समयमा सार्वजनिक गर्न सकिएको बताउदै, गायक राईका अनुसार विशेष तक्मेबुढा विलसन विक्रम राईको सहयोगले यो कर्म गर्न सफल भएको बताए।

सार्वजनिक गीत स्टुडियो किङमा रेकर्ड गरिएको गीत राजु कार्कीले एरेन्जर र मिक्सिंग गरेका हुन्। म्युजिक भिडियोका मुख्य कलाकारहरु कविता आले,विलसन विक्रम राई, एलिशा राई, विशाल योङहाङ र हरी अधिकारी रहेका म्युजिक भिडियोका ड्रेस डिजाइनर कल्पना योङहाङले गरेका छन् भने कोरियोग्राफर सुरेन्द्र बसेल, छायांकन नवराज उप्रेदी, इडिट र कलर मनोज कार्की र निर्देशक विलसन विक्रम राईले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...