News Portal

नेपालीहरुको सुखदुःखको साथी बन्दै आइएमई रेमिट्यान्स

हिमालीसंचार संवाददाता
४५१ पटक

रामप्रसाद ढुंगेल/युएइ – नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आइएमई नेपालीहरुको दु:खसुखको साथी बन्दै गएको छ। बीस वर्ष अधिदेखि बिरानो मुलुकको निर्जन बगरमा काम गरेर आफ्ना  परिवारका सदस्यले कमाएको पैसासँगै खुसी र भविस्यको मिठो सपना आदानप्रदान गरिरहेको आइएमईले यसपालिको दशै-तिहारको अवसरमा “भरोसा-कोष” स्थापना गरेको छ। कोरोनाका कारण परदेशमा अकालमा जीवन गुमाएका परिवारका हकवालालाई सकेको आर्थिक सहयोग गर्ने प्रतीज्ञा आइएमईले गरेको छ।

हरेक बर्ष दशै र तिहारको उपलक्ष्यमा लाखौं रुपैयाँ राशीका उपहार योजना संचालन गर्ने आइएमई कोरोनाले आक्रान्त बनाएको नेपाली मनमा भरोसा कोष मार्फत दु:खको वास्तविक साथी, सहयात्री र पीडित परिवारको दरिलो भरोसा बन्न खोजिरहेको छ।

आइएमई नेपालले वैदेशिक रोजगारीको सिलसिलामा कोरोनाको कारण ज्यान गुमाएका  सबै जनाका परिवारका सदस्यलाई १ करोड रुपैयाँको भरोसा कोष स्थापना गरी सहयोग  गर्ने भएको छ। युएई लगायतका मध्यपुर्वका ६ देश र मलेसियामा रोजगारीको क्रममा रहदा कोरोनाको कारण निधन भएका नेपालीहरुका परिवारका सदस्यलाई आइएमई नेपालले अनिवार्य आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि सम्बन्धित परिवारको सदस्यले आईएमईको केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आवश्यक कागजातका साथमा निवेदन दिनुपर्ने छ।

 अल अहालियाबाट आइएमई गरे उपहारमा पैसैपैसा ! 

आइएमई-युएईले भने युएईका ग्राहकहरुका लागि  लक्षित दशैँ-तिहार उपहार योजना सार्वजनिक गरेको छ। “आइएमई सँग यो दशै-तिहार, पाइन्छ नगद रु ५० हजार” नाराका साथमा युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी “अल अहलिया एक्स्चेन्ज”बाट आइएमई गर्ने नेपाली ग्राहकहरुले दशै र तिहारको अवधिमा कम्तीमा ७ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पाउन सकिने आइएमई युएईका प्रमुख उत्तम बस्नेतले जानकारी दिनुभएको छ।

बम्पर उपहार नगद  रु ५० हजार रहेको यो योजनामा भाग लिन अल अहालिया एक्सचेञ्जका युएईभरिका कुनै पनि शाखाहरुबाट नेपालमा पैसा पठाउदा आइएमईलाई नै माध्यम बनाउनु पर्ने हुन्छ। अल अहालिया एक्सचेञ्ज साथै अन्य एक्सचेञ्जहरुबाट नेपालमा आइएमई गर्दा पनि यस प्रतियोगितामा सहभागी बन्न सकिने आइएमई युएईले जनाएको छ।

अलअहालिया एक्सचेञ्ज मार्फत आइएमइमा पैसा पठाउने आफ्ना धेरै ग्राहकहरु भएको र यसभन्दा अगाडि पनि धेरै नेपालीहरुले विभिन्न पुरस्कारहरु पाएको अल अहालिया एक्सचेञ्जका नेपाल कोरिडोर व्यापार प्रमुख बेनीमाधव ढकालले जानकारी दिनुभएको छ।

आइएमइको यो योजनामा !

साप्ताहिक रुपमा पहिलो तथा दोस्रो हप्तामा दुई-दुई जना, तथा तेस्रो तथा चौथो हप्तामा तीन/तीन जना भाग्यशाली विजेताले नगद ७ हजार रुपैयाँ “आइएमई पे” मा प्राप्त गर्न सक्नेछन्।

यसका साथै विदेशबाट पठाएको रकम आइएमईको वालेट आइएमई पे बाट प्राप्त गर्ने गरी रेमिट्यान्स गरेमा पठाएको रकममा ६० रुपैयाँसम्म स्वत: बोनस रकम प्राप्त गर्न सकिने आइएमई युएईका प्रतिनिधि ईश्वर अधिकारीले बताउनुभएको छ। योजना अक्टोम्बर १७  देखि नोवेम्बर १५, २०२० सम्मको लागि सन्चालनमा रहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...