News Portal

नेपाली दूतावास युएइको पहलमा १९ लाख रुपैयाँको जरिवाना छुट, पिडीत सकुशल नेपाल फर्किए

हिमालीसंचार संवाददाता
४९२ पटक

रामप्रसाद ढुंगेल/युएइ – नेपाल फर्किने सिलसिलामा जरिवाना तिर्न नसकेका १७ नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँ नेपाली दूतावास अबुधाबीको पहलमा मिनाहा भएको छ । दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरुको गत जुलाई १२ तारिखदेखि बिना भिसा युएईमै बस्न बाध्य भएकाले ओभरस्टे स्वरुप युएई दिराम ६० हजार तिर्न नसकेका कारण उनीहरू एयरपोर्टबाट फर्किएका थिए ।

नेपाली दूतावास अबुधाबीले दुबई इमिग्रेसनसँग समन्वय गरेर उक्त जरिवाना माफी गरिदिएको र यस कार्यमा नेपाली दूतावास अबुधाबीका जनसम्पर्क अधिकारी मोहम्मद इर्फानले अतुलनीय योगदान गरेको नेपाली दूतावास अबुधाबीकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिएकी छिन्।

काउन्सिलर थापाका अनुसार उक्त  कम्पनीमा कोभिड-१९ का कारण नियमित काम चल्न नसकेर ३ सय ५८ जना नेपाली रोजगारविहीन भएको र दूतावास साथै सामाजिक संघसंस्थाको सहयोगमा उनीहरूलाई खाना तथा अन्य सहयोग उपलब्ध गराउदै आइएको थियो। वहाँका अनुसार दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट सबैलाई हवाई टिकट उपलब्ध गराइएको हो भने दूतावास र नेपाली समाज युएईको पहलमा एस्टर क्लिनिकबाट १७ जना नेपाली कामदारहरुको नि:शुल्क पिसिआर गराइएको हो । पिसिआर गराउन व्यवस्थापनको महत्त्वपूर्ण काममा नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्यालले योगदान गरेको काउन्सिलर थापाले बताइन।

उनीहरुलाई शुरुमा एनआरएनले खान र बस्नको व्यवस्थापन गरेको थियो भने लामो समयसम्म  रेखदेख गर्न नसक्ने भन्दै एनआरएनए युएई पछि हटेको पीडित नेपाली कामदारहरुले सार्वजनिक रूपमा बोल्न थालेका थिए । पछिल्लो पटक पीडितहरु आक्रोशित बन्दै जादा परिस्थिति गम्भीर हुन लागेको अवस्थामा नेपाली दूतावास अबुधाबीले विसयवस्तुलाई टेक ओभर गरेर पीडित नेपालीहरुको पक्षमा सकारात्मक काम गरेको पत्रकार मेघराज सापकोटाले प्रतिक्रिया दिए। उनीहरु अक्टोबर ११, आइतबारको नेपाल एयरलाइन्सको जहाजबाट नेपाल फर्किसकेका छन् ।

 

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...