News Portal

  • लकडाउनमा ब्याबहारिक शिक्षण सिकाइमा पनि जोड दिउ !

    धनराज तामाङ 
    ११७१ पटक

    विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण विगत ७ महिनादेखि विद्यालयमा शैक्षिक क्रियाकलाप सिकाइ बन्द भइरहेको अवस्थामा भविश्यका कर्णधार  विधार्थीहरुको शिक्षाण सिकाई तथा भविष्यलाई लिएर पक्कै पनि तपाईंहरू चिन्तित हुनुहुन्छ होला।

    नोवेल कोरोना भाइरसको भ्यक्सिन नआए सम्म वा कोरोना मुक्त संसार नभएसम्म अझै पनि विद्यालय खुल्ने अवस्था छैन। तपाई चिन्तित नहुनुहोस, नआत्तिनुहोस विद्यालयमा सिकिने धेरै ज्ञान सिपहरु तपाई आफैंले घरमै बसेर बालबालिकाहरुलाई सिकाउन सक्नुहुनेछ।  “भनिन्छ  नि, घर नै बालबालिकाको पहिलो पाठशाला हो भने अभिभावक नै पहिलो गुरु हुन् । त्यसैले, यस महामारी तथा नेपालीहरुको चाड दशै तिहारको अवधिमा तपाईंले यस्ता क्रियाकलाप बालबालिकाहरुलाई गराउदै धरमा पनि धेरै ज्ञान सिपहरु सिकाउन सक्नु हुनेछ ।

    आफ्ना साना बालबालिकालाई घरायसी काममा आफुसँगै सहभागी गराउनुहो,दैनिक जीवनमा प्रयोग हुने सामाग्रीकोनामभन्नलगाउनुहोस सामाग्रीको नाम भन्न लगाउनुस्, लेख्नलगाउनुहोस, गन्न लगाउनुहोस, जोड्न लगाउनुहोस ।

    बालबालिकासँगै धेरै समय विताउनुहोस, घरको सरसफाइमा संलग्न गराउनुहोस, घर आँगन सफा राख्न, आफु सफा हुन, कपडा सफा राख्न सिकाउनुहोस । आफु भन्दा सानासँग गर्ने व्यवहार, ठुलालाई सम्मान आदरसत्कार गर्न, नम्र बोल्न, मिठो बोल्न सिकाउनुहोस ।

    बालबालिकालाई विभिन्न भुमिका (शिक्षक,कलाकार ,नेता,डाक्टर आदि )दिनुहोस तिनिहरुको काम बताउनुहोस र अभिनय गरि देखाउनुहोस गर्न लगाउनुहोस । बालबालिकालाई भिडभाड नहुने ठाउँमा घुमाउन लैजानुहोस स्थानीय खेल्कुद, व्यायाम, वरिपरिका बोटबिरुवाको नाम, प्रयोग, फाइदाका बारेमा बताउनुहोस ।

    आफ्नो पेसागत सामाग्रीको नाम, पेशागत कार्य, भुमिका, महत्त्वका बारेमा भन्नुहोस्, लेख्न पनि लगाउनुहोस। परिवारका नाम, सम्बन्ध, नातागोता, छिमेकीको बारेमा बताउनुहोस, लेख्न लगाउनुहोस । बार, महिना, मिनेट, घण्टा, सेकेन्ड अर्थात समयको बारेमा सिकाउनुहोस ।

    घरमा प्रयोग हुने सामाग्रीबाट रङको बारेमा सिकाउनुहोस ।साथीको व्यवहार गरि संगै गाउने, नाच्ने, घरमा संगीतका सामाग्री भए बजाउने गर्नुहोस । गाउधरमा रहेका पालेका जनावर संगै अन्य जनावरको नाम, गुण, तिनिहरुको प्रयोगका बारेमा बताइदिनुहोस ।

    यस्तायस्तै थप आफ्नो वरिपरिका वस्तु तथा सामाग्रीहरु लगायत दैनिक जीवनमा प्रयोग भएका, घटेका घटना, भोगाइ जसले बालबालिकालाई प्रोत्साहन मिल्छ, बालबालिकाहरुमा सकारात्मक परिवर्तन आउछ । उनीहरुको व्यक्तित्व विकास हुन्छ। यस्ता महत्वपूर्ण कुरा उनीहरुसंगै बाड्नुहोस साथै आफ्नो सन्तानको लागि यो परिस्थितिमा तपाईंको भुमिका के हुन सकिन्छ सोच्नुहोस र जिम्मेवारी बहन गर्नुहोस् ।

    अन्त्यमा, यस संकटको परिस्थितिमा बालबालिकाहरुको सर्वोत्तम हितलाई ख्याल गर्दै तल्लो कक्षाका बालबालिकालाई माथी उल्लेखित सिकाई क्रियाकलापहरु अभिभावकले गर्नुहुनेछ। अझ, थप तपाईंसंग भएका तौडतरिकाहरु प्रयोग गरेर सिकाइ सहजीकरण गर्नुहुनेछ भन्ने विश्वासका साथ केहि समस्या परेमा नजिकमा रहनुहुने शिक्षकसंग सहयोग लिन सक्नुहुनेछ। बालबालिकालाई घरमै आनन्ददायी वातावरणमा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऔ र उनिहरुमाथि पर्न सक्ने असर न्यूनीकरणमा सक्रिय बनौं।

    प्रधानाध्यापक, जलदेवी मावि जुगल गाउपालिका-७,याङ्लाकोट, सिपा 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...