News Portal

डा.केसीको जीवन रक्षाका लागी नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा अपील

हिमालीसंचार संवाददाता
६०२ पटक

अमेरिका – आफ्ना मागहरु पुरा गराउन तीन सातादेखी अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि नेपाली कांग्रेसको बैदेशिक भात्रृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारको ध्यानाकर्षण गराएको छ।

अनशनरत डा.केसीलाई सरकारले गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुर्व्यबहारप्रति घोर निन्दा र भत्सर्ना गर्दछ समितिका महासचिव मुनिन्द्र नेम्वागंद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्तो छ प्रेस विज्ञप्ति:

प्रेस विज्ञप्ति

नेपालको चिकित्सा शिक्षामा आमुल सुधारका माग राखि डा.गोविन्द केसीको २० दिन अगाडि जुम्लाबाट शुरू भएको अनशन काठमाण्डौंको शिक्षण अस्पतालमा पुग्दा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ। यसबीचमा सत्याग्रही अनशनरत डा.केसीलाई सरकारले प्रस्तुत गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुरव्यवहार प्रति समिति घोर निन्दा र भत्सर्ना गर्दछ। विगतमा अनसनरत डा.गोविन्द केसीका मागहरूलाई नेपाली कांग्रेसको पालामा सम्बोधन गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” जारी गरिएको कुरा सबैलाई सर्वविदितै छ। त्यही अध्यादेशको जगमा टेकेर अनसनरत डा.केसीको अहिले उठाएका जायज मागहरूलाई पूरा गर्न र उहाँको जीवन जोगाउन नेपाली जनसम्पर्क समिति अमेरिका नेपाल सरकारसंग जोडदार माग राख्दै, हार्दिक अपिल र आग्रह गर्दछ। धन्यवाद, जय नेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क अधिवेशन
तयारी समिति अमेरिका।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...