News Portal

हिमाल रेमिट र अल फरदान एक्सचेञ्जद्वारा ६ लाख रुपैयाँको आकर्षक दशै-तिहार योजना सार्वजनिक

हिमालीसंचार संवाददाता
६७२ पटक

रामप्रसाद ढुंगेल/युएई – युएईको विस्वासिलो अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको ‘हिमाल रेमिट’ले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशीको आकर्षक उपहार योजना घोषणा गरेको छ ।

 युएईभरी ६० भन्दा बढी शाखा भएको अल फरदान एक्सचेञ्ज र  हिमाल रेमिटमार्फत नेपाल पैसा पठाउने जो कोही नेपाली ग्राहकहरुले यो योजनामा सहभागी बन्न सकिने हिमाल रेमिटका प्रतिनिधि गोकुल ज्ञवालीले जानकारी दिएका छन् ।

अक्टोबर १ देखि लागू भएको यो योजना अन्तर्गत तीन जनाले  जम्मा ६ लाख रुपैयाँ पाउनेछन् । नोभेम्बर १४ सम्म चल्ने यो योजनाको बम्पर पुरस्कार  ६ लाख रुपैयाँको रहेको र यी पुरस्कार प्राप्त गर्न अल फरदान एक्सचेञ्जबाट नेपालमा हिमालय बैंक अथवा हिमाल रेमिटका आधिकारिक एजेन्टमार्फत नेपालमा आफन्तले पैसा निकाल्न सक्नेगरी युएईबाट रेमिट्यान्स गर्नुपर्ने अल फरदान एक्सचेञ्ज विभाग हेर्ने हिमायन बैंकका युएई प्रतिनिधि ज्ञवालीले बताएका छन् ।

उक्त योजना ६ लाख रुपैयाँको बम्पर पुरस्कारका साथै यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहारहरु मोबाइल, टिभी, राइसकुकरहरु लगायतका इलेक्ट्रोनिक सामाग्रीहरु पनि उपहारस्वरूप प्रदान गरिने रेमिटले जनाएको छ ।

यस योजनामा भाग लिई यसपालिको दशै-तिहार र छठलाई उत्सवमय साथै उपहारमय बनाउनका लागि युएईमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनी तथा दाजुभाईहरुले युएइको अल फरदान एक्सचेन्ज (Al Fardan Exchange ) मार्फत हिमाल रेमिटबाट पैसा पठाउन हिमालय बैंकले ग्राहक समक्ष विशेष आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...