News Portal

संयुक्त अरब एमिरेट्स दुबइ’मा इकमर्स व्यावसाय शुरु, नेपाली नर्सको लगानी

हिमालीसंचार संवाददाता
५७२ पटक

रामप्रसाद ढुंगेल/युएई – युएईको रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंडले आफ्नो लगानीमा इकमर्स व्यावसाय सुरुवात गरेकी छन्। नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्य लिएर यो व्यापार शुरु गरेको युवा व्यावसायी कल्पनाले बताएकी छिन्।

कोरोनाको कारण फस्टाउन थालेको अनलाइन कल्चरलाई सदुपयोग गर्न कल्पनाले राकमा फामकल स्टोर्स एलएलसी संचालनमा ल्याएकी हुन्। युएईमा कार्यरत सबै देशका समुदायवीच नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफुले यो व्यावसाय शुरु गरेको व्यावसायी कल्पना गौंडले हिामाली संचार संगको कुराकानीमा जानकारी दिएकी हुन्। 

नेपाली टि-शर्ट, नेपाल र नेपाली झण्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री, आकर्षक नेपाली गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने  युवा व्यावसायी गौंडले जानकारी दिएकी हुन्। 

नेपाल वा युएईमै रहेका नेपालीले कुनै मौलिक हस्तकलाका सामग्री तयार पारेको खण्डमा उक्त सामग्रीको बजारीकरण गर्न सघाउले व्यापार संचालन गरेकी युवी व्यवसायी गौंडले बताएकी छिन्। 

अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यावसायको औपचारिक उदधाटन भने आगामी २० अक्टोबरमा गरिने प्रतिभाशाली युवा व्यावसायी गौंडले जानकारी दिएकी छन् ।

सामाजिक संजालमा सक्रिय र स्मार्ट प्रयोगकर्ताको छवि बनाएकी कल्पनाका हजारौं फलोअरहरु फेसबुक, टिकटक र इन्स्ट्राग्राममा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...