News Portal

वैदेशिक रोजगारीले थपेको पीडा

कमल सिंह ठकुरी
१६२८ पटक

सामान्य परीवारमा जन्मिएका नेपालीहरुलाई बिदेशमा के कस्तो काम पाईन्छ र काम गर्दै जादा के कस्ता समस्या आईपर्छन भन्ने पनि ज्ञान समेत हुदैन। कम्पनीमा धेरै तलब भनेर ल्याईएको हुन्छ। तर बिडम्बना कम्पनीले नेपालस्थित म्यानपावर एजेन्सीमा गराईएको अग्रीमेन्ट लेटरलाई लत्याउदै हामीले सो अग्रीमेन्ट अनुसारको तलब दिन नसक्ने कतिपय कम्पनीहरुले समस्या दर्शाउछन र थोरै तलबमा काम गर्नुपर्ने बाध्यात्मक सिर्जना गरिदिन्छन।

यहाँ अनि नेपाली युवाहरु थोरै तलबमा रगत पसिना बगाउन बाध्य हुन्छ्न। बाध्य पनि किन नहुन त ठुलाठुला सपना साकार पारौला, ती बुढाबुढी भएका बाबाआमालाई एकसरो कपडा बदलिदिउला अनि श्रीमती र छोराछोरीका हरेक इच्छा चाहना परिपुर्ति गर्न सकियोस् भन्ने सपना बोकेर खाडी पुगेको हुन्छ्न। त्यतिमात्रै होइन धन कमाएर जग्गाजमिन किन्ने एउटा सुन्दर घर बनाएर सुखी जीवनयापन बिताउने सपना बोकेर खाडी पसेका हुन्छन।

उता मेनपावर एजेन्टलाई बुझाईएको पैसा ब्याजमा निकालेर आएका हुन्छन। फर्केर जाउ त एजेन्टले पैसा नफर्काउला भन्ने पिरले सोही तलबमा काम गर्न बाध्यता हुन्छ।

बिगत देखि कुवेतमा पनि यस्तै घटनाहरु पटकपटक केही कम्पनीहरुमा घटिरहेका छन। नेपाल स्थित केहि मेनपावर एजेन्सीहरुले मासिक करिब नेपाली ५० हजार तलब पाईन्छ। यहाँ हामिलाई १ लाख ७० हजार बुझाउदा केही फरक पर्दैन आखिर जाने बित्तिकै काम पाईहालिन्छ नि जाबो ३/४ महिनाको तलब न हो भन्दै फकाउदै पठाएको हुन्छन। खान बस्न काममा जान सबै कम्पनीले बेहोर्छ भनेर पठाईन्छ।

आखिर काम लगाईने भनेको त मेडिकल चेकअप र फिङ्गरको रिपोर्ट सरकारले राखेपछि मात्रै काम लगाउन पाउने नियम हुन्छ। यहाँ आईपुग्दा कम्पनीको बसले अफिस लैजान्छ र अफिसमा पुग्दा महिनाको आदि तलब कतिपय कम्पनीले पहिला नै दिने गर्छन भने कतिपय कम्पनीले दिदैनन।

कम्पनीले कहिले मेडिकल चेकअप गरेपछि काम सुरु हुन्छ भन्छ त कहिले फिङ्गर भएको छैन अब केही दिनमा फिङ्गर भएपछि काम लगाईन्छ भन्ने गर्छन। तर महिनौ बितिसक्दा पनि काममा नलगाईएको र दूतावाससम्म जाउ भन्दा नचिनेको नया ठाउँमा बिना परिचयपत्र यहाँको प्रहरीले भेटेमा पक्राउ गर्ने सम्भावना भएकोले पनि बन्दी जीवन बिताईरहेका नेपाली हरु भेटिन्छन।

केहिदिन पछि केहिले काम त पाउँछन। तर उनीहरुलाई न त भाषा आउँछ न त काम गर्ने तरिका नै ! किन कि कुवेत अंग्रेजी भाषा भन्दा अरेबिक भाषालाई पहिलो प्राथमिकता दिने देश पर्छ। कुवेतको सरकारी कामकाजको पहिलो नम्बरमा अरेबिक भाषालाई मानेको छ। दोस्रो नम्बरमा अंग्रेजीलाई मानेपनी सुपरमार्केट, बैंक लगाएत विभिन्न कलकारखानामा अरेबिक भाषा नै बढी प्रयोगमा हुन्छ।

केही समय पछि काम पाउँछन् काम गर्दै जादा भाषा नआउँदा यो लिएर आईजा भन्दा अर्कै ल्याउछन अर्कै लिएर आईजा भन्दा अरु नै केही बुझ्छन। अनि ती अन्य मुलकका सुपरभाइजरले नानाथरीका आरोप लगाउदै काम रोक्न म्यानेजरलाई सिफारिस गर्छन भने कति त चोरी आरोप लगाउदै मेडिकल फेल भएको रिपोर्ट तयार पार्छन अनि कम्पनीले नेपाल फर्काउछ।

उता नेपाल पुग्दा मेनपावर एजेन्सीले २/३ महिनासम्म त्यहा हुदा पैसा दिएको थियोे नि ! तिम्रो पैसा बराबर भयो फेरि त्यहा रहदासम्म तलब दिएकै रहेछ भन्दै पीडित युवाहरूका समस्यालाई लत्याउदै बुझाएको रकम नदिने गरेको पाईन्छन। अत्यधिक ॠणको बोझले कतिपयका सम्बन्ध बिच्छेद हुने गरेका छन भने कतिपयले आत्महत्या समेत गर्न पुग्छन।

यस्तो अबस्थामा नेपाल सरकारले गम्भीर भएर युवाहरूका लागि युवा-स्वरोजगार कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु ल्याईदिएर नेपाली युवाहरूलाई बिदेश पलाएन हुनबाट जोगाउन सकिने एउटा गतिलो हतियार बन्ने थियोे कि ?

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...