News Portal

कुवेतमा नेपाली रक्तदाता संघ स्थापना, अध्यक्षमा हमाल चयन

हिमालीसंचार संवाददाता
६४४ पटक

कुवेत – नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ कुवेत स्थापना भएको छ। कोरोनाको वर्तमान अवस्थामा केन्द्रसँग समन्वय गरि केही समय यता आन्तरिक तयारीमा रहेको कुवेत शाखा (आज)शुक्रबारदेखि आधिकारिक रूपमा गठन भएको हो।

कुवेतको नेपाली समाजमा परिचित ब्यक्तित्वहरु समावेश संस्थाको नेतृत्व समाजसेवी रुपेन बिक्रम हमालले गर्ने भएका छन भने, उपाध्यक्षमा जयनारायण थारु र राज मल्ल ठकुरी रहेका छन। त्यस्तै सचिबमा गुलाम नबी मनसुर, सह-सचिबमा गङ्गा सुबेदी र कोषाध्यक्षमा दिपेन्द्र खाँण चयन भएका छन।

मिडिया प्रमुखमा युग लामासँगै सदस्यहरुमा सन्जय बास्कोटा, दुर्गा ढकाल, दिपा राना मगर र अमित गौतम रहेका छन। तत्कालको लागि ११ सदस्य कार्यसमिति चयन गरेको कुवेत शाखाले छिट्टै समिति बिस्तारमा लाग्ने जनाएको छ।

समितिको चयन जूम(भर्चुअल) बैठकद्वारा भएको थियो। बैठकको अध्यक्षता अन्तर्राष्ट्रिय रक्तदाता संघ अध्यक्ष अजय सत्यालले गर्नु भएको थियो भने, बैठक संचालन संस्थाका केन्द्रिय महसचिव राहुल रेग्मीले गर्नु भएको थियो।

बैठकमा उपाध्यक्ष एभरेस्ट गौतम, उपाध्यक्ष बिनोद भट्टराई र कुवेत प्रतिनिधि डम्बर रिमाल तथा संस्थाका अन्य केन्द्रिय पदाधिकारी उपस्थित भएका थिए।

सन् २०१४ यता कुवेतदेखि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) का सक्रिय सदस्य डम्बरप्रसाद रिमालक‍ो विशेष पहलमा गठित कुवेत शाखाले स्थानीयस्तरमा रक्तदानको क्षेत्रमा नयाँ अायाम सुरुवात गर्ने विस्वास गरिएक‍ो छ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आईएनबीडीए) सन् २०१४ मा अमेरिकाको कानुन अनुसार बिधिबत दर्ता भई स्थापना गरिएको एक गैरधार्मिक, गैरराजनीतिक र गैरनाफामुखी संस्था हो। जसले विश्वका २५ भन्दा बढी देशहरूमा आफ्नो संजाल फैलाएको छ।

यस संस्थाको मुख्य उद्देश्य भनेको विश्वमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्नु नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय समितिहरू स्थापना गर्न सहयोग पुर्याउने रहेको छ।

रक्तदानको महत्वबारे चेतना जगाउने नियमित रक्तदाताहरुको संख्या बढाउन सहयोग गर्ने र नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई सहयोग पुर्याउने विभिन्न एजेन्सीहरुको सहयोगमा नेपाली समुदायहरूको सेवा गर्ने हो।

नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभावमुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवी रक्तदान अभियानमा समर्पित ब्यक्ती तथा संस्थाहरुसंग एकबद्ध हुँदै रक्तदान सम्बन्धि उत्प्रेरणा, बहस पैरवीलगायत बिशेषत रक्तदान कार्यक्रम संचालनमा सहकार्य गर्ने गराउने उद्देश्य सो संस्थाले लिएको छ।

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघले बिभिन्न देशमा आफ्नो भगिनी संस्थाका रुपमा नेपाली रक्तदाता संघ स्थापना गर्दै आईरहेको छ। हालसम्म नेपाली रक्तदाता संघ नेपाल, भारत, फ्रान्स, युएई, कतार, युके, कुवेत र अष्ट्रेलियामा स्थापना गरी सकेको छ। त्यस्तै क्यानडा, जपान, इटलीलगयातका देशहरुमा स्थापनाको तयारीमा रहेको संघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...