News Portal

  • मकाउमा पनि संघीय गणतान्त्रिक नेपालको संविधान दिवस भव्य सम्पन्न (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ७२७ पटक

    मकाउ – नेपालको संविधान प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभा मार्फत वि.स. २०७२ असोज ३ गते जननिर्वाचित प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले हस्ताक्षर गरेर अनुमोदन गर्दै करिब ६५ बर्षपछि जनताको आकांक्ष साकार भएको दिनको सम्झनामा आज मकाउमा एनआरएन मकाउ र नेपाल च्याम्बर अफ कमर्स मकाउले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरेर मकाउमा पनि संघीय गणतन्त्रिक नेपालको संविधान दिवस भव्य सम्पन्न गरेको छ ।

    एनआरएनए मकाउ र नेपाल च्याम्बर अफ कमर्स मकाउले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता पूर्व एनआरएनए अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाली सहयोगी हातहरु, मकाउका निर्देशक उदय वाग्ले, एनआरएनए मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, नेपाली जनसम्पर्क समितिका कार्यवाहक सभापति चण्डी योङ्या, प्रवासी नेपाली मञ्चका शिव थापा, तामाङ धेदुङ समाजका उपाध्यक्ष कल बहादुर तामाङ लगायद मकाउमा रहेका अन्य संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा एनआरएनए मकाउका महासचिव राजेश गुरुङले स्वागत मन्तव्य दिएका थिए।

    आयोजित कार्यक्रममा प्रमुख अतिथि उदय वाग्ले, कार्यक्रम अध्यक्ष सुदर्शन थापा मगर र एनआरएनए मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले नेपालको नक्शा बनाइ नेपालको नया राजनैतिक नक्शामा दिप प्रज्वलन गरी नेपालको संविधान दिवसको अवसरमा खुशियाला मनाएका हुन्। 

    आयोजित कार्यक्रममा स्वतन्त्रता, राष्ट्रीय स्वाधीनता, भौगोलिक अखण्डताका लागि बलिदान दिनुहुने ज्ञात अज्ञात शहिदहरुको सम्मानका लागि कार्यक्रम उपस्थित सम्पूर्ण महानुभावहरुले एकसाथ उठेर, एक मिनेट मौनधारण गरेर वहाँहरुको बलिदान प्रति विशेष सम्मान प्रकट गरेका थिए। 

    आयोजित कार्यक्रमका लागि नेपाली कांग्रेसका नेतृ सुजता कोइराला, नेपाली कांग्रेसका सचेतक बाल कृष्ण खाड, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त, एनआरएनए वरिष्ठ केन्द्रीय उपाध्यक्ष डाक्टर बद्री केसी, नेपाली महावाणिज्यदूतावास हङकङ / मकाउका कार्यवाहक कन्सुलर किरण कुमार गुरुङ, गोविन्द श्रेष्ठ र कलाकार सन्दीप क्षेत्री लगायदले मकाउमा आयोजित संघीय गणतन्त्रिक नेपालको संविधान दिवसको अवसरमा दिनु भएको भिडियो सन्देश प्रदर्शन गरेर कार्यक्रम सम्पन्न गरेको कार्यक्रम नेपाली सहयोगी हातहरु मकाउका संयोजक निर्मला थापा मगरले कार्यक्रम संचालन गरेकी थिइन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...