News Portal

मकाउमा पनि संघीय गणतान्त्रिक नेपालको संविधान दिवस भव्य सम्पन्न (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७७९ पटक

मकाउ – नेपालको संविधान प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभा मार्फत वि.स. २०७२ असोज ३ गते जननिर्वाचित प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले हस्ताक्षर गरेर अनुमोदन गर्दै करिब ६५ बर्षपछि जनताको आकांक्ष साकार भएको दिनको सम्झनामा आज मकाउमा एनआरएन मकाउ र नेपाल च्याम्बर अफ कमर्स मकाउले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरेर मकाउमा पनि संघीय गणतन्त्रिक नेपालको संविधान दिवस भव्य सम्पन्न गरेको छ ।

एनआरएनए मकाउ र नेपाल च्याम्बर अफ कमर्स मकाउले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता पूर्व एनआरएनए अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाली सहयोगी हातहरु, मकाउका निर्देशक उदय वाग्ले, एनआरएनए मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, नेपाली जनसम्पर्क समितिका कार्यवाहक सभापति चण्डी योङ्या, प्रवासी नेपाली मञ्चका शिव थापा, तामाङ धेदुङ समाजका उपाध्यक्ष कल बहादुर तामाङ लगायद मकाउमा रहेका अन्य संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा एनआरएनए मकाउका महासचिव राजेश गुरुङले स्वागत मन्तव्य दिएका थिए।

आयोजित कार्यक्रममा प्रमुख अतिथि उदय वाग्ले, कार्यक्रम अध्यक्ष सुदर्शन थापा मगर र एनआरएनए मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले नेपालको नक्शा बनाइ नेपालको नया राजनैतिक नक्शामा दिप प्रज्वलन गरी नेपालको संविधान दिवसको अवसरमा खुशियाला मनाएका हुन्। 

आयोजित कार्यक्रममा स्वतन्त्रता, राष्ट्रीय स्वाधीनता, भौगोलिक अखण्डताका लागि बलिदान दिनुहुने ज्ञात अज्ञात शहिदहरुको सम्मानका लागि कार्यक्रम उपस्थित सम्पूर्ण महानुभावहरुले एकसाथ उठेर, एक मिनेट मौनधारण गरेर वहाँहरुको बलिदान प्रति विशेष सम्मान प्रकट गरेका थिए। 

आयोजित कार्यक्रमका लागि नेपाली कांग्रेसका नेतृ सुजता कोइराला, नेपाली कांग्रेसका सचेतक बाल कृष्ण खाड, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त, एनआरएनए वरिष्ठ केन्द्रीय उपाध्यक्ष डाक्टर बद्री केसी, नेपाली महावाणिज्यदूतावास हङकङ / मकाउका कार्यवाहक कन्सुलर किरण कुमार गुरुङ, गोविन्द श्रेष्ठ र कलाकार सन्दीप क्षेत्री लगायदले मकाउमा आयोजित संघीय गणतन्त्रिक नेपालको संविधान दिवसको अवसरमा दिनु भएको भिडियो सन्देश प्रदर्शन गरेर कार्यक्रम सम्पन्न गरेको कार्यक्रम नेपाली सहयोगी हातहरु मकाउका संयोजक निर्मला थापा मगरले कार्यक्रम संचालन गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...