News Portal

समाजसेवी सुदर्शन थापा मगरको जन्मोत्सवमा मकाउका सांसददेखि चर्चित वकिल सम्म

हिमाली संचार संवाददाता
७९० पटक
२०७७ साउन २३,शुक्रवार

मकाउ । मकाउमा विगत धेरै लामो समयदेखि व्यावसाय गरिरहेका समाजसेवी सुदर्शन थापा मगरले मकाउमा उनले नेतृत्व गरेका विभिन्न संघ संस्थाका सदस्यहरु सहित मकाउका स्थानीय प्रभुत्व व्याक्तित्वहरुका साथमा आफ्नो ५४ औ जन्मोत्सव मेट्रो पार्क होटल, मकाउमा मनाएका छन् ।

थापा मगरले आयोजना गरेका एक जन्मोत्सव कार्यक्रममा मकाउका सांसद, वरिष्ठ वकील र स्थानीय व्यावसायी लगायदका सहभागिता रहेको जन्मोत्सव कार्यक्रममा नेपाली समुदायका विभिन्न संघ संस्थाका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

समाजसेवी थापा मगर मकाउमा पहिलो पटक गठन भएको मगरसंघ मकाउको संरक्षक, गैरआवासीय नेपाली संघ मकाउमा दुई-दुई पटक अध्यक्ष, हाल अन्तराष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार राहतकोष समितिका सदस्य, नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स मकाउका अध्यक्ष र मकाउमा धेरै लामो समयदेखि आफ्नै व्यावसाय संचालन गरेर बसेका थापा मगर समाजसेवी मात्र नभएर मकाउमा रहेका नेपाली समुदायमा विभिन्न अप्ठ्यारा परिस्थितिमा सहयोग गर्दै आएका छन् ।

यसरी मकाउमा अभिभावकीय महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थापा मगरले आफ्नो जन्मोत्सवका अवसरमा उपस्थिति भएका सम्पूर्ण महानुभाव प्रति हिमाली संचारसंगको कुराकानी गर्ने क्रममा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

थापा मगरले मकाउमा विभिन्न समस्यामा परेका नेपाली समुदायका लागि सरकारी कामकाजदेखि हरेक आवश्यक परामर्श र सहयोग गर्दै आएका छन् । हाल मकाउमा नेपालीहरु करिब ४ हजार ५ सय भन्दा धेरै श्रमिकहरुले श्रम गर्दै आएका छन् । मकाउका लागि जनरल कन्सुलर हङकङले  हेर्दै आएको छ। थापा मगरलाई हङकङ कन्सुलरका अधिकारी किरण गुरुङ, पुर्व कन्सुलर कमल प्रसाद भट्टराई लगायद नेपालका प्रतिष्ठित व्यक्तित्व लगायद जन्मोत्सवमा सम्झनु हुने सम्पूर्णमा आभार समेत व्याक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...