News Portal

  • समाजसेवी सुदर्शन थापा मगरको जन्मोत्सवमा मकाउका सांसददेखि चर्चित वकिल सम्म

    हिमाली संचार संवाददाता
    ६७० पटक
    २०७७ साउन २३,शुक्रवार

    मकाउ । मकाउमा विगत धेरै लामो समयदेखि व्यावसाय गरिरहेका समाजसेवी सुदर्शन थापा मगरले मकाउमा उनले नेतृत्व गरेका विभिन्न संघ संस्थाका सदस्यहरु सहित मकाउका स्थानीय प्रभुत्व व्याक्तित्वहरुका साथमा आफ्नो ५४ औ जन्मोत्सव मेट्रो पार्क होटल, मकाउमा मनाएका छन् ।

    थापा मगरले आयोजना गरेका एक जन्मोत्सव कार्यक्रममा मकाउका सांसद, वरिष्ठ वकील र स्थानीय व्यावसायी लगायदका सहभागिता रहेको जन्मोत्सव कार्यक्रममा नेपाली समुदायका विभिन्न संघ संस्थाका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    समाजसेवी थापा मगर मकाउमा पहिलो पटक गठन भएको मगरसंघ मकाउको संरक्षक, गैरआवासीय नेपाली संघ मकाउमा दुई-दुई पटक अध्यक्ष, हाल अन्तराष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार राहतकोष समितिका सदस्य, नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स मकाउका अध्यक्ष र मकाउमा धेरै लामो समयदेखि आफ्नै व्यावसाय संचालन गरेर बसेका थापा मगर समाजसेवी मात्र नभएर मकाउमा रहेका नेपाली समुदायमा विभिन्न अप्ठ्यारा परिस्थितिमा सहयोग गर्दै आएका छन् ।

    यसरी मकाउमा अभिभावकीय महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थापा मगरले आफ्नो जन्मोत्सवका अवसरमा उपस्थिति भएका सम्पूर्ण महानुभाव प्रति हिमाली संचारसंगको कुराकानी गर्ने क्रममा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

    थापा मगरले मकाउमा विभिन्न समस्यामा परेका नेपाली समुदायका लागि सरकारी कामकाजदेखि हरेक आवश्यक परामर्श र सहयोग गर्दै आएका छन् । हाल मकाउमा नेपालीहरु करिब ४ हजार ५ सय भन्दा धेरै श्रमिकहरुले श्रम गर्दै आएका छन् । मकाउका लागि जनरल कन्सुलर हङकङले  हेर्दै आएको छ। थापा मगरलाई हङकङ कन्सुलरका अधिकारी किरण गुरुङ, पुर्व कन्सुलर कमल प्रसाद भट्टराई लगायद नेपालका प्रतिष्ठित व्यक्तित्व लगायद जन्मोत्सवमा सम्झनु हुने सम्पूर्णमा आभार समेत व्याक्त गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...