News Portal

  • बुटवल तानसेन सडक भासियो, ठूला सवारी साधन सञ्चालनमा अवरोध

    हिमाली संचार संवाददाता
    ३४८ पटक

    लक्ष्मण पोखरेल
    बुटवल – पटकपटक पहिरोले अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक भासिएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्ने सडक ठाउँठाउँमा भासिएपछि ठूला सवारीसाधन सञ्चालनमा अवरोध भएको छ।

    पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रका चार स्थान र दोभानमा रहेको प्रहरी चौकी नजिकै सडक भासिएको हो। ५० मिटरभन्दा धेरै सडक भासिएपछि ठूला सवारी सञ्चालन गर्न समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

    ‘दोभानको प्रहरी चौकी नजिकै सडक भासिएको छ’, उनले भने,‘ठूला साधन सञ्चालनमा सावधानी अपनाउनुपर्छ।’ एक लेन भासिएपछि सडक जोखिमपूर्ण बनेको हो।

    यो राजमार्गको झुम्सा, दोभान र गौडेपुलमा पनि सडक भासिएको छ। सय मिटरजति सडक भासिएको बताउँदै दोभानका स्थानीय शिक्षक विष्णु पाण्डेले भने, ‘गाडी एक लेनमा मात्रै चलाउन मिल्छ, दिनदिनै सडक भासिदै गएकाले पूरै लेन भत्किने जोखिम बढेको छ।

    प्रदेश ५ का पहाडी क्षेत्रमा केही दिनदेखि लगातार पानी परिरहेको छ। बाढीको जोखिम नभए पनि पहिरोले भौतिक पूर्वाधारसहित धनजनको क्षति गरेको छ। यसपटकको वर्षा सुरु भएपछि सिद्धार्थ राजमार्ग २५ पटक अवरुद्ध भएको छ।

    एकै परिवारका ४ को निधन !

    लगातारको वर्षासँगै माथिबाट खसेको पहिरोले गुल्मी रुरु आटिपाटाकी विष्णु माझीको परिवारै सकियो।

    शुक्रबार साँझपख उनी तीन छोराछोरीलाई अगेनाको छेउमा राखेर खाना पकाउँदै थिइन्। १० महिनाकी छोरी काखमा लिएर दूध चुसाइ रहेको बेला माथिबाट ढुंगा बज्रियो।

    छोराहरू ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिने छोरी विनितासँगै माझी र विष्णुको एकै ठाउँमा निधन भयो। श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्।

    माझीले छोरीलाई दूध खुवाइरहेको अवस्थामै शव निकालिएको स्थानीय मेघराज गिरीले जानकारी दिए। घरमाथि ठूलो ढुंगा आएर सबैलाई च्यापेको थियो।

    दुई महिनामा ४३ जनाको मृत्यु !

    जेठयता प्रदेश ५ मा विपद्का घटनामा परेर ४३ जनाको मृत्यु भएको छ। दुई जना पहिरोमा बेपत्ता भएका छन्।

    प्रदेश प्रहरी कार्यालय दाङका अनुसार बाढी, पहिरो, चट्याङमा परेर ३६ जना घाइते भएका छन्। पहाडी जिल्लामा यो वर्ष पहिरोका घटना निकै बढेका छन्।

    गुल्मी र पाल्पामा पहिरोबाट धेरैको मृत्यु भएको छ। पहिरोमा १२ जना बालबालिकाको ज्यान पनि गुमेको छ।

    ७५ दिनको अवधिमा चार करोड ४१ लाखभन्दा धेरैको क्षति भएको प्रहरीको अनुमान छ। विपद् न्यूनीकरणका लागि पूर्वतयारी नगर्दा धनजनको क्षति बढेको प्रदेश ५ की सांसद तारा जिसी बताउँछिन्।

    ‘बस्ती पहिरोको जोखिममा छ भन्दाभन्दै सुरक्षित स्थानमा सारिदैन’, उनले भनिन्, बर्खामा पहिरोले बगाउँछ। अनि गोहीका आँसु झार्ने काम हुन्छ। सांसदहरूले प्रदेशसभाको बैठकमा विपद् विषयमा ध्यानाकर्षण गराएका छन्।

    विपद् व्यवस्थापनमा स्थानीय तहको जिम्मेवारी बढ्ने भए पनि स्थानीय तहमा विपद् पूर्वतयारीका लागि कुनै योजना बनाइएको छैन। विपद्पछि राहत बढ्ने शीर्षकमा मात्रै बजेट राखिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...

    किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो...

    कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

    काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई...

    सुर्खेतमा अफिम कारोबार : पाँच किलोभन्दा बढी अफिमसहित एक पक्राउ, मुख्य नाइके अझै फरार

    सुर्खेत, असार २६ – सुर्खेत प्रहरीले ठूलो परिमाणको अवैध अफिम बरामद गर्दै एक जनालाई नियन्त्रणमा...