News Portal

हङकङमा आज थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
४४१ पटक
२०७७ साउन १६, शुक्रवार

युवा राई, हङकङ । हङकङमा शुक्रवार थप १२१ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ११८ स्थानीय र ३ जना आयातित गरी १२१ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन्। हाल सम्म ङकङमा कोरोना संक्रमितको संख्या ३,२७३ पुगेको छ।

हङकङमा ६२ स्थानीय पुराना केसहरूसंग जोडिएका छन् भने बाँकीको संक्रमणको स्रोत खुल्न सकेको छैन। आयातित केसहरूमा भारतबाट आएका पानीजहाजका एक कर्मचारी, फिलिपिन्सबाट आएका घरेलु सहयोगी र मेक्सिकोबाट आएका एक व्यापारी रहेका छन् ।

हङकङमा कोरोनाबाट आज सम्म २७ जनाको ज्यान गएको छ। १,७५१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,१८७ जनाको उपचार भइरहेको छ। ४३ जना कोरोना सङ्क्रमित विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ। हङकङमा लगातार कोरोना संक्रमितको संख्या निरन्तर १ सय भन्दा धेरै संख्या यो आज १० औं दिन हो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...