News Portal

खोटाङ कुवेत सम्पर्क मन्चद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

कमल सिंह
४९६ पटक

२०७७ साउन १५, बिहीबार
कुवेत – खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको वडा नम्बर ५ लफ्याङका गोबिन्द कटुवालको घरमा यहीँ साउन ७ गते बिद्युत सर्ट भएर आगलागी भएको थियोे।

आगलागी पीडित परिवारलाई खोटाङ कुवेत सम्पर्क मन्चले केहि मात्रामा भएपनी सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरेको छ।

खोटाङ कुवेत सम्पर्क मन्चका अध्यक्ष पन्चु राइले हिमालीसंचारलाई दिएको जानकारी अनुसार पीडित कटुवाल परिवारलाई २१ हजार नेपाली रुपैयाँ सहयोग गरिएको बताए।

उक्त आर्थिक सहयोग हस्तान्तरण नेपाली कांग्रेस खोटाङका पुर्ब जिल्ला पार्टी सभापति तथा पुर्ब जिबिस सभापति बिष्णु कुमार राइ र नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा अनुशासन बिभाग प्रमुख प्रकाश श्रेष्ठ लगायतले गरेका हुन।

यस्तै खोटाङ कुवेत सम्पर्क मन्चका संस्थापक मन्जित चाम्लिङ राइले सम्पूर्ण कुवेतमा कार्यरत खोटाङ्गे दाजुभाइ दिदीबहिनीहरुलाई संस्थामा आबद्ध हुनको लागी पनि आह्वान गर्नुभएको छ।

उहाँले जिल्लाबासीलाई बिपत पर्दा कुवेतमा रहने सम्पुर्ण खोटाङ्गे दाजुभाइ तथा दिदिबहिनीहरुले हातेमालो गर्न समेत अनुरोध गर्नुभएको हो।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...