News Portal

हङकङमा आज थप ११८ जनामा कोरोना संक्रमित पुष्टि, हाल सम्म २४ जनाको मृत्यु

हिमाली संचार संवाददाता
४६१ पटक
२०७७ साउन १४, बुधवार

युवा राई,हङकङ। हङकङमा बुधवार थप ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ११३ स्थानीय र ५ जना आयातित गरी ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या ३,००३ पुगेको छ।

कोरोना संक्रमणबाट हङकङमा बुधवार थप एक जना ७६ वर्षीय महिलाको मृत्यु भएको छ। हङकङमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

कोरोना संक्रमितहरुमा १,५२७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,०९९ जनाको उपचार भइरहेको छ। ३९ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...