News Portal

हङकङमा आज थप ११८ जनामा कोरोना संक्रमित पुष्टि, हाल सम्म २४ जनाको मृत्यु

हिमाली संचार संवाददाता
५०४ पटक
२०७७ साउन १४, बुधवार

युवा राई,हङकङ। हङकङमा बुधवार थप ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ११३ स्थानीय र ५ जना आयातित गरी ११८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या ३,००३ पुगेको छ।

कोरोना संक्रमणबाट हङकङमा बुधवार थप एक जना ७६ वर्षीय महिलाको मृत्यु भएको छ। हङकङमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

कोरोना संक्रमितहरुमा १,५२७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,०९९ जनाको उपचार भइरहेको छ। ३९ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...