News Portal

सृजनशिल युवा समाज कुवेतद्वारा पीडितलाई सहयोग

हिमाली संचार संवाददाता
४४६ पटक
२०७७ साउन १०

कुवेत – कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिएको पिडित नेपालीहरुको भनाई छ।

कम्पनीले आज दिन्छु, भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद महता र उहाँका साथिहरुले सृजनशिल युवा समाजलाई १३ तारिख नै जानकारी गराएका हुन।

उनीहरु अप्दलिमा अल राकिव कम्पनीमा मार्च अप्रिल मे महिनाको पूरा काम गरेकोे सेलरि नपाए पछि २ महिना बिनाकाम कोठामा राखेको र १३/ ७ /२०२०/ का दिन कम्पनीकै गाडिले जिलिव रोडमा लिएर अलपत्र छोडेपछि उनीहरु आफै जवरजस्ति आफु नेपालबाट आउदा बसेको क्याम्पमा पसे जसोतसो २ वटा कोठामा ३३ जना बस्न त भयो।

त्यसपछि उहाँहरुलाई खाँनको निकै समस्या पर्ने भएपछि सृजनशिल युवा समाजका अध्यक्ष पुष्कर धामिलाई सम्पर्क गरे तुरुन्तै उहाँले केहिदिनको लागि खाध्यान्नको बेबस्था गरियाे त्यसै बिचमा केहिदिनको लागि मेनपावरको आग्रहमा गौतम उमागाँइले खाध्यान्न त्यसपछि फेरि सकिएपछि सृजनशिल युवा समाजले दोस्रो चरणको राहत दिन शुक्रबार अध्यक्ष पुष्कर धामि, सचिव बबाल ठकुरि, सदस्य भुवन शाह, सदस्य बुद्ध लिम्बू गएर राहत बितरण गरि उहाँहरुको समस्या जस्ताको त्यस्तै दुताबासलाई बुझाइ सक्नु भएको छ।

यहापनि सम्बन्धित निकायमा उजुरि गरिसकेको छ।दुताबासले र मेनपावरले सृजनशिल युवा समाजलाइ उहाँहरुको समस्याको सावधान गर्ने प्रतिबद्धता गर्नुभएको छ।

उहाँहरु नेपालबाट SRK म्यानपावर कम्पनीले प्रतिब्यक्ति १ लाख ६० हजार रुपैयाँ लिएको थियो। तर कुवेतमा ३ महिना पूरा काम गरेको र २ महिना बिना काममा गरि पाँच महिनासम्म पनि काम, दाम र माम नपाएको यति खेर सृजनशिल युवासमाज संग सम्पर्क नभएको भए हामी भोकभोकै मर्ने थियौं भन्ने उनीहरुको भनाई छ।

अझै पनि उनिहरु मध्ये केहिले हामी न्याय नपाए आत्माहत्या गर्न बध्य हुनेछौं भन्नू भएको छ। उहाँहरुले समाजलाई सप्लाईको काम बन्द भएर कम्पनीले आफूहरु अलपत्र परेको पीडितहरुले बताए। उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउदा तोकिएको तलवलगायत सेवासुविधा समेत नपाएको बताएका छन्।

पहिले हामिले म्यानपावर कम्पनीले उद्धार गर्न आग्रह गरे पनि कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अबस्था दयनीय बनेको सृजनशिल युवा समाजले पहल गरेपछि मात्रै मेनपावर कम्पनीले र सम्बन्धित निकायले चासो राखेको पीडितहरुले बताएका छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...