News Portal

यूएईको आबुधाबीमा २०७ औं भानुजयन्ती मनाईयो

हिमाली संचार संवाददाता
७१३ पटक

२०७७ असार ३१, बुधबार
यूएई – नेपाल एशोशिएसन गैर आवासीय नेपाली संघ आरसीसी आबुधाबी युएइले सोमबार असार २९ गते (१३ जुलाई २०२०) आदिकबि भानुभक्त आचार्यको २०७ औं भानुजयन्ती मनाएको छ।

कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो। एनए एनआरएनए आरसीसी आबुधाबीका अध्यक्ष बिश्वदेव शाहको सभापतित्वमा आबुधाबीको साबियास्थित एभरेष्ट पोईण्ट रेष्टुरेन्टमा भएको कार्यक्रममा जनसम्पर्क समिति युएइका उपाध्यक्ष चन्द्र सारु मगरले शुभकामना संदेश दिदै भानुभक्त आचार्यको योगदान र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा भानुभक्त आचार्यको साहित्यिक योगदान र प्रेरणाको बारेमा एनए एनसीसीका कार्यबाहक महासचिब केशब नेपाल र सक्रिय अभियन्ता महेश श्रेष्ठ तथा महेश थापाले मन्तब्य दिनुभएकोथियो।


कार्यक्रममा ऋषि पोख्रेल उर्फ शिशीर दूर बस्तीले विभिन्न कबिता, गजल प्रस्तुत गर्नुभएको थियो भने थप रौनक प्रदान गर्न अध्यक्ष शाहले गजल बाचन गर्नुभएको थियो।

एनए एनआरएनए आरसीसी आबुधाबी उपाध्यक्ष रामु शाही ठकुरीले सहजीकरण गर्नुभएको कार्यक्रममा एनए एनसीसी अध्यक्ष प्रकाश कोईराला तथा उपाध्यक्ष नरेश सेनले शुभकामना संदेश पठाउनुभएको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...