News Portal

हङकङमा टिकटकको विकल्प लाइकी

हिमाली संचार संवाददाता
६७७ पटक
२०७७ आषाढ ३०, मंगलवार

युवा राई, हङकङ। हङकङ १५ देखि ६० सेकेन्डको भिडियो समावेश गर्न सकिने चर्चित मोबाइल एप्लिकेसन ‘टिकटक’लाई हङकङमा बन्द भएको छ। टिकटक बन्द भएसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालमा धेरै दुःखेसो पोखेका थिए । कतिपय प्रयोगकर्ताले टिकटकको विकल्पका रूपमा ‘लाइकी’ प्रयोग गर्न सुझाइ रहेका छन्।

हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरिएसँगै टिकटकमा प्रतिबन्ध लगाइएको हो। चीन र हङकङको राष्ट्रिय सुरक्षा, अखण्डतामा ह्रास आउने कुनै पनि गतिविधि हुनसक्ने आशंका र अनुसन्धानका लागि प्रतिबन्ध गरिएको हो।

चीनले हङकङमा सञ्चालित सामाजिक सञ्जालका हरेक गतिविधिको जानकारी सञ्जालका निर्मातासँग माग्छ। जानकारी दिन आनाकानी गरे सञ्चालनमा रोक लगाउने गरिन्छ। स्थानीय सञ्चार माध्यमका अनुसार टिकटकपछि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, गुगल, ट्विटर, टेलिग्राम, लिंकेट आदिमा पनि प्रतिबन्ध हुन सक्ने देखिएको छ । 

चिनियाँ कम्पनीले उत्पादन गरेको टिकटकले आफ्नो १ लाख ५० हजार प्रयोगकर्ता रहेका जनाएको छ। कम्पनीले हङकङमा टिकटक पुनः सुचारु हुने वा नहुने भन्ने विषय आफ्नो हातमा नरहेको बताएको छ। कम्पनीले आफ्ना प्रयोगकर्ताले यसको सट्टा चीनकै स्थानीय ‘डुयिन एप्लिकेसन’ मार्फत टिकटकको प्यास मेट्न सक्ने सुझाएको छ। हङकङमा प्रतिबन्धित टिकटकलाई भारतले पनि सुरक्षाको कारण देखाउँदै रोक लगाएको थियो।

अभिनयप्रतिको लगावलाई छोटो भिडियोमार्फत प्रस्तुत गर्न पाइने र सबैमाझ परिचित हुने अवसरका लागि पनि टिकटक प्रयोग गरिएको हङकङवासी नेपाली समुदायका अधिकांश प्रयोग कर्ताले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...