News Portal

हङकङमा मंगलवार थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि

हिमाली संचार संवाददाता
५६६ पटक
२०७७ आषाढ ३०,मंगलवार

युवा राई, हङकङ । हङकङमा मंगलवार थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

स्वास्थ्य संरक्षण केन्द्रका डा. चुवाङ शुक वानले मंगलवारको न्युज ब्रिफिङमा ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएका छन्। यससंगै हङकङमा कोरोना संक्रमितको संख्या १,५७० पुगेको छ।

संक्रमितमध्ये ८ जना आयातीत र बाँकी स्थानीय रहेका छन्। स्थानीय केसमध्ये १६ जना अघिल्लो केसहरूसंग जोडिएका छन् भने अरु २४ जनाको संक्रमणको स्रोत पत्ता लाग्न सकेको छैन।

आयातित संक्रमितहरुमा एक समुद्री कामदार र एक एयरलाइन्स चालक दलका सदस्य, दुई फिलिपिन्स घरेलु सहयोगी र चार जना भारतबाट हङकङ फर्केका छन्।

कोरोना संक्रमितहरुमा १,२२९ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। २७८ जनाको उपचार भइरहेको छ। ६ जना सङ्क्रमितको अवस्था ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा आठ जनाको ज्यान गएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...