News Portal

हङकङमा मंगलवार थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि

हिमाली संचार संवाददाता
५२६ पटक
२०७७ आषाढ ३०,मंगलवार

युवा राई, हङकङ । हङकङमा मंगलवार थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

स्वास्थ्य संरक्षण केन्द्रका डा. चुवाङ शुक वानले मंगलवारको न्युज ब्रिफिङमा ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएका छन्। यससंगै हङकङमा कोरोना संक्रमितको संख्या १,५७० पुगेको छ।

संक्रमितमध्ये ८ जना आयातीत र बाँकी स्थानीय रहेका छन्। स्थानीय केसमध्ये १६ जना अघिल्लो केसहरूसंग जोडिएका छन् भने अरु २४ जनाको संक्रमणको स्रोत पत्ता लाग्न सकेको छैन।

आयातित संक्रमितहरुमा एक समुद्री कामदार र एक एयरलाइन्स चालक दलका सदस्य, दुई फिलिपिन्स घरेलु सहयोगी र चार जना भारतबाट हङकङ फर्केका छन्।

कोरोना संक्रमितहरुमा १,२२९ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। २७८ जनाको उपचार भइरहेको छ। ६ जना सङ्क्रमितको अवस्था ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा आठ जनाको ज्यान गएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...