News Portal

चिस्याङ खाेलामा आएकाे बाढीले धान राेपिएकाे सयाै बिधा खेति बगरमा परिणत

रबिन्द्र बराल
३८७ पटक

रंगेली -दुई दिन देखिकाे अबिरल बर्षाका कारण माेरङकाे चिस्याङ खाेलामा आएकाे बाडिलेेबा धान लगाएकाे सयौं बिधा खेति खाेलामा परिणत भएको छ ।

रंगेली नगरपालिका ८ नहरटाेलदेखि पश्चिममा रहेको चिस्याङ खाेलामा गए राति २ बजे देखि आएकाे बाडिका कारण कृषकले दुख्ख गरेर लगाएकाे धान खेति खाेलाले बगाएको हिलाे माटाेले सयौं बिधामा लगाएकाे धान छाेपिएकाे छ । उक्त स्थान अहिले खाेलाकाे बालुवा थुप्रिएकाे देखिन्छ । कृषक हरु अहिले आफुले लगाएकाे धान खेति हेरेर चित्त बुझाउनु पर्ने बाध्य रहेका छन ।

स्थानीय हेम काजि बस्नेतले भने अहिले खाेलाले किसान ले लगाएकाे धान पुरै खाेलाले पुरिँदा निकै दुख लागेकाे बताए । हामीले बडा अध्यक्ष तथा जनप्रतिनिधि हरुलाई बारम्बार सम्पर्क गरेर खेतीयोग्य जमिन र धान खेति बिग्रिएकाे जानकारी गराउदा समेत निरिक्षण काे लागि समेत जनाप्रतिनिधि हरु नआएकाे दुखेसो पाेखे ।

बसन्त बहरदार ले भने अहिले जनाप्रतिनिधि हरु ले केही गर्ने नसकेपनि एक चाेटि आएर कृषकहरुकाे दुखेको धाउमा मलम पट्टि लगाउन सहयोग गर्ने थियो । बिगत वर्षा हरुमा उक्त खाेला ले कटान गरेर ३० घर समेत बिस्तापित भईसके काे र अहिले दुई चार घर हरु मात्रै खाेलाकाे किनारमा रहेको छ । बर्षाे देखि खाेलामा तटबन्ध गर्ने भनेर मन्त्री सम्म हरु आएर अबलोकन गरे बजेट पनि परेको सुनियो तर पछि उक्त स्थानमा आएकाे बजेट समेत अन्यत्र गएकाे स्थानीय माधव आचार्यले बताए । स्थानीयले खाेला ले धान खेति बगरमा परिरण गरेपछि बडा कार्यलय र नगरपालिकालाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र समेत बुझाएकाे छ ।

यसरी बर्षाे पिच्छे खाेलाकाे कटान भएमा नहरटाेल र दर्वेशाका सयौं घर हरु समेत बिस्तापित नहाेलान भन्न सकिदैन । समयमै स्थानीय सरकारले आगमि दिन मा उक्त खाेलामा तटबन्धको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...