News Portal

चिस्याङ खाेलामा आएकाे बाढीले धान राेपिएकाे सयाै बिधा खेति बगरमा परिणत

रबिन्द्र बराल
३४५ पटक

रंगेली -दुई दिन देखिकाे अबिरल बर्षाका कारण माेरङकाे चिस्याङ खाेलामा आएकाे बाडिलेेबा धान लगाएकाे सयौं बिधा खेति खाेलामा परिणत भएको छ ।

रंगेली नगरपालिका ८ नहरटाेलदेखि पश्चिममा रहेको चिस्याङ खाेलामा गए राति २ बजे देखि आएकाे बाडिका कारण कृषकले दुख्ख गरेर लगाएकाे धान खेति खाेलाले बगाएको हिलाे माटाेले सयौं बिधामा लगाएकाे धान छाेपिएकाे छ । उक्त स्थान अहिले खाेलाकाे बालुवा थुप्रिएकाे देखिन्छ । कृषक हरु अहिले आफुले लगाएकाे धान खेति हेरेर चित्त बुझाउनु पर्ने बाध्य रहेका छन ।

स्थानीय हेम काजि बस्नेतले भने अहिले खाेलाले किसान ले लगाएकाे धान पुरै खाेलाले पुरिँदा निकै दुख लागेकाे बताए । हामीले बडा अध्यक्ष तथा जनप्रतिनिधि हरुलाई बारम्बार सम्पर्क गरेर खेतीयोग्य जमिन र धान खेति बिग्रिएकाे जानकारी गराउदा समेत निरिक्षण काे लागि समेत जनाप्रतिनिधि हरु नआएकाे दुखेसो पाेखे ।

बसन्त बहरदार ले भने अहिले जनाप्रतिनिधि हरु ले केही गर्ने नसकेपनि एक चाेटि आएर कृषकहरुकाे दुखेको धाउमा मलम पट्टि लगाउन सहयोग गर्ने थियो । बिगत वर्षा हरुमा उक्त खाेला ले कटान गरेर ३० घर समेत बिस्तापित भईसके काे र अहिले दुई चार घर हरु मात्रै खाेलाकाे किनारमा रहेको छ । बर्षाे देखि खाेलामा तटबन्ध गर्ने भनेर मन्त्री सम्म हरु आएर अबलोकन गरे बजेट पनि परेको सुनियो तर पछि उक्त स्थानमा आएकाे बजेट समेत अन्यत्र गएकाे स्थानीय माधव आचार्यले बताए । स्थानीयले खाेला ले धान खेति बगरमा परिरण गरेपछि बडा कार्यलय र नगरपालिकालाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र समेत बुझाएकाे छ ।

यसरी बर्षाे पिच्छे खाेलाकाे कटान भएमा नहरटाेल र दर्वेशाका सयौं घर हरु समेत बिस्तापित नहाेलान भन्न सकिदैन । समयमै स्थानीय सरकारले आगमि दिन मा उक्त खाेलामा तटबन्धको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...