News Portal

नेपाली सहयोगी हातहरु, मकाउद्वारा पहिलो चरणको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

हिमाली संचार संवाददाता
५८९ पटक
२०७७ आषाढ २७, शनिवार

मकाउ । मकाउमा नेपाली सहयोगी हातहरु, मकाउद्वारा पहिलो चरण अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ, दोस्रो चरण अन्तर्गत रक्तदान कार्यक्रम अर्को हप्ता जुलाई १८ तारिख शनिवार पनि रक्तदान कार्यक्रम रहेको अध्यक्ष सुदर्शन थापा मगरले हिमाली संचार संग बताएका छन् । अध्यक्ष थापा मगरका अनुसार नेपाली सहयोगी हातहरु, मकाउले “हरेक रक्तदाता एक जीवन रक्षक हो” भन्ने आफ्ना मुल नारा सहितको रक्तदान कार्यक्रम आज सम्पन्न गरेको हो ।

रक्तदान जस्तो यो पवित्र कार्यक्रममा सहभागी प्रत्येक रक्तदाताका सम्मान स्वरुप “नेपाली सहयोगी हातहरु, मकाउले” आगामी जुलाई २६ तारिख आइतबार दिन विशेष धन्यवाद स्वरुप प्रमाणपत्र सहित संस्थाले मेडल, सेनिटाइजर र माक्स समेत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष थापा मगरले जानकारी दिएका छन् । 

नेपाली सहयोगी हातहरु, मकाउले आयोजना गरेको कार्यक्रममा मकाउमा रहेको नेपाली समुदाय, अन्य मुलुकको रक्तदाताहरुले समेत सहभागिता जनाएका थिए । हेट्स नेपाल मकाउ शाखाका अध्यक्ष प्रेम कुमार विश्वकर्मा, एनएचएचका प्राविधिक पक्षको विशेष योगदान दिइरहेकी सोफी वाग्ले, उनका मकाउका स्थानीय दुइ साथीहरुले समेत यो महान कार्यक्रममा सहभागिता जनाउदै रक्तदान गरेका थिए । 

नेपाली सहयोगी हातहरु, मकाउले गठन भएको छोटो समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। अन्य, विभिन्न सामाजिक कार्यक्रम समेत सार्वजनिक गर्ने संस्थाका निर्देशक उदय वाग्लेले जानकारी दिएका छन् , नेपाली सहयोगी हातहरु, मराउले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर, रक्तदान जस्तो पवित्र महान कार्यमा सहभागी रक्तदाताहरुलाई विशेष धन्यवाद समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...