News Portal

कर्णालीमा कोरोनालाई जित्नेको संख्या साढे १३ सय नजिक पुग्यो

हिमाली संचार संवाददाता
६२० पटक

२०७७ असार २६, शुक्रबार
सुर्खेत – कर्णाली प्रदेशमा कोरोनालाइ जित्नेको संख्या साढे १३ सय नजिक पुगेको छ। हालसम्म विभिन्न आसोलेसन सेन्टरबाट कोरोना भाइरसलाइ जितेर घर फर्केनेको संख्या १३ सय ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले पछिल्ला केहिदिन यता निको हुने दर बढ्को भन्दै आज २६ जनाले कोरोना जितेको बताउनुभयो।

कर्णालीमा संक्रमित मध्य निको भएर घर फर्केका र मृत्युको घटाउदा अहिले २ सय ३५ जनाको उपचार चल्दै छ। यस्तै आज थप २७ जना कोरोना संक्रमित थपिएका छन।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सुर्खेका ११ जना र सल्यानका १० जना, जाजरकोट र दैलेखका दुई/दुई जना, डोल्पा, सल्यान र बाजुराका एक/एकजना रहेका छन।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ८८ पुगेको छ। हालसम्म कर्णालीमा आरटिपिसिआर विधिबाट ३२ हजार चार सय भन्दा धेरै परिक्षण गरिएको उल्लेख गर्नुभयो।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना रहेको मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म कर्णालीमा सबैभन्दा धेरै संक्रमित दैलेखमा देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

दैलेखमा जम्मा ७ सय ९१ संक्रमित मध्य हालसम्म ७ सय २५ जना निको भएका छन भने अव बाँकी ६६ जना मात्रै संक्रमत रहेका छन।

सुर्खेतमा ४ सय २३ मध्ये ३ सय ४६ निको भएसंगै ७७ जना संक्रमित रहेका छन भने सल्यानमा ६८ संक्रमितको विभिन्न आसोलेसनमा उचार भईरहेको छ। यस्तै रुकुम पश्चिममा १५, जाजरकोटमा १४, कालिकोटमा १३, मगुमा ३, जुम्लामा २ जना संक्रमित रहेका छन।

हुम्लामा दुई जना संक्रमित निको भएसंगै कोरोना मुक्त जिल्ला भईसकेको छ भने डोल्पामा एक मृत्यु भएको छ। कर्णालीमा रहेका अन्य प्रदेशका ५० मध्य २७ जना निको भएका छन भने बाँकी २३ जनाको उपचार चल्दै छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...