News Portal

  • जाजरकोटको बारेकोटमा पहिरोले दुई घर बगायो

    हिमाली संचार संवाददाता
    ५८९ पटक

    २०७७ असार २६, शुक्रबार
    राजेन्द्र कार्की/जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती पहिरो गएको छ। पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।

    गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षा पछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो।

    पहिरोमा पाहुना आएकासहित हराएका १२ मध्ये एकजनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। अन्य ११ जना पहिरोमै पुरिएको आशंका गरिएको छ।

    अहिलेसम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन। पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीसहित उनकी श्रीमती ५० वर्यीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की बेपत्ता भएका छन्।

    उनको घर समेत पहिरोले पुरेको छ। त्यस्तै ३८ वर्षीया कलु सार्कीसहित उनकी छोरीहरु १४ वर्षीया तिर्खा र ११ वर्षीया मला तथा ६ वर्षीय छोरा सुभास वेपत्ता भएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए।

    त्यस्तै कलु सार्की अर्थात दिदीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की र १८ वर्षीय विरेन्द्र सार्की बेपत्ता भएको उनले बताए।

    उनले उद्धारमा निकै समस्या भएको सुनाए। अहिलेसम्म उद्धारका लागि कसैले आवश्यक पहल नगरेको बताए।

    जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको बताए।

    तर सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खबर आउन नससकेको उनको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...