News Portal

जाजरकोटको बारेकोटमा पहिरोले दुई घर बगायो

हिमाली संचार संवाददाता
७८६ पटक

२०७७ असार २६, शुक्रबार
राजेन्द्र कार्की/जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती पहिरो गएको छ। पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षा पछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो।

पहिरोमा पाहुना आएकासहित हराएका १२ मध्ये एकजनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। अन्य ११ जना पहिरोमै पुरिएको आशंका गरिएको छ।

अहिलेसम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन। पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीसहित उनकी श्रीमती ५० वर्यीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की बेपत्ता भएका छन्।

उनको घर समेत पहिरोले पुरेको छ। त्यस्तै ३८ वर्षीया कलु सार्कीसहित उनकी छोरीहरु १४ वर्षीया तिर्खा र ११ वर्षीया मला तथा ६ वर्षीय छोरा सुभास वेपत्ता भएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए।

त्यस्तै कलु सार्की अर्थात दिदीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की र १८ वर्षीय विरेन्द्र सार्की बेपत्ता भएको उनले बताए।

उनले उद्धारमा निकै समस्या भएको सुनाए। अहिलेसम्म उद्धारका लागि कसैले आवश्यक पहल नगरेको बताए।

जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको बताए।

तर सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खबर आउन नससकेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...