News Portal

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

हिमाली संचार संवाददाता
५६५ पटक
२०७७ आषाढ २४, बुधवार

ऐजेन्सी – ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ‘द गार्डियन’ ले जनाएको छ। सोमबार उनको चौथो पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए। उनले कोरोनालाई ‘सामान्य फ्लू’ भन्दै लकडाउनको विरोध पनि गरेका थिए। लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै उनले प्रान्तीय गभर्नरहरूलाई लकडाउन खुकुलो पार्न अपील गरेका थिए।

गार्डियनका अनुसार पहिले उनी मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुन्थे। केही दिनअघि ब्राजिलका विदेशमन्त्रीले सामाजिक सञ्जालमा राखेको एक फोटामा राष्ट्रपति बोलसोनारो र अरू नेता बिना मास्क देखिएका थिए।

सोमबारदेखि भने उनले ब्राजिलमा सार्वजनिक स्थान मास्क लगाउन अनिवार्य गरेका छन्। ६५ वर्षीय बोलसोनारोले आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी पत्रकार सम्मेलन मार्फत् दिएका हुन्। 

पत्रकार सम्मेलनमा उनका भनाइ उद्धृत गर्दै गार्डियनले लेखेको छ, ‘यसमा डराउनु पर्ने कुनै कारण छैन। यो नै जीवन हो। जीन्दगी चलिरहन्छ। म भगवानलाई धन्यवाद दिन चाहन्छु, मलाई ब्राजिलजस्तो महान देशको भविष्य तय गर्ने भूमिका दिएकामा।’

गत मार्चमा बोलसोनारोले कोरोनालाई अरू ‘फ्लू’ भन्दा सामान्य भएको टिप्पणी गरेका थिए। ‘मैले बुझेअनुसार कोरोना भाइरसभन्दा अरू प्रकारका फ्लूका कारण धेरै मान्छे मरेका छन्,’ उनले भनेका थिए।

यसको केही समयपछि उनले आफूलाई संक्रमण भइहाले पनि यसलाई मामुली फ्लू नै मान्ने बताएका थिए। अप्रिलमा पनि उनले आफूलाई कोरोना संक्रमण भए कुनै चिन्ता नहुने बताउँदै धेरै भए साधारण रुघामर्कीको अनुभव हुने भनेका थिए।

त्यो बेला ब्राजिलमा जम्मा ४० हजार कोरोना संक्रमित थिए भने ३ हजारभन्दा कमको मृत्यु भएको थियो। पछि कोरोना एकदमै फैलियो र अहिले संक्रमणमा ब्राजिल संसारकै दोस्रो नम्बरमा छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिलमा कोरोना संक्रमितको कुल संख्या अहिले १६ लाख २३ हजारभन्दा बढी छ र ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

समाचारबारे हिमाली सञ्चारको औपचारिक स्पष्टीकरण

काठमाडौं । अनलाइन मिडिया हिमाली संचार डट कमले यसअघि प्रकाशित दुई समाचारसम्बन्धी खण्डन सार्वजनिक गरेको...

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान...

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...