News Portal

  • यूएईबाट स्वदेश फर्कने नेपालीलाई निःशुल्क उद्दार गर्न नेपाली समाज यूएईको माग

    हिमाली संचार संवाददाता
    ४७३ पटक
    २०७७ जेठ ३१, शनिबार

    यूएई – स्वदेश फर्कने नेपालीहरुको लागि नेपाल सरकारले तोकेको भाडादर महंगो भएको भन्दै यूएईको पुरानो संस्था नेपाली समाजले आपत्ति प्रकट गरेको छ।

    संस्थाले शुक्रवार नेपाली दुताबास अबुधावी लाई पत्र लेख्दै नेपाल सरकारले तोकेको भाडादर महंगो भएकोले आफ्नो संस्थाको ध्यानाकर्षण भएको जनाएको छ। सरकारले यूएईबाट काठमाण्डौसम्मको एकतर्फी भाडा ५ सय डलर तोकेको थियो।

    यूएईको पुरानो संस्थाले भाडादर महंगो रहेको भन्दै आपत्ति प्रकट गरेको छ।

    संस्थाका महासचिव बेद प्रसाद अर्याल र अध्यक्ष गोबिन्द ढकालद्वारा प्रेषित पत्रमा बैदेशिक रोजगार ऐन २०६४ बमोजिम अलपत्र कामदारको निःशुल्क उद्दार गर्न समेत माग गरिएको छ।

    युएईमा झण्डै ५० नेपाली संघ-संस्थाहरु आबद्ध रहेका छन्। सन् १९९० मा गठित यो संस्था यूएईको सबैभन्दा पुरानो नेपालीहरुको संस्था हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...