News Portal

पाल्पाको आगलागि पीडितलाई एनआरएनए युएईको सहयोग हस्तान्तरण

हिमाली संचार संवाददाता
१०४४ पटक
२०७७ जेष्ठ २८, बुधवार

पाल्पा – गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स युएईस्थित दुवईले रामपुर ६ पाल्पाको आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ। रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार नगद नेपाली रुपैयाँ सहयोग गरको हो।

सुनारको घरमा गत जेठ १३ गते विद्युत् सर्ट भएर टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको थियो। आगलागिको खबर बद्री पङ्गेनीले जानकारी गराएका थिए।

आगलागी भएको थाहा पाएपछी गैर आवासीय नेपाली संघ युएईको दुवई क्षेत्रको समितीको सक्रियतामा स्वदेशमा परेको अप्ठ्यारोमा केही राहत होस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको बताए।

गैर आवासीय नेपाली संघको पहलमा युएईको दुवई क्षेत्र समितीबाट संकलन भएको उक्त रकम संघ दुबईका अध्यक्ष भीम मल्लका भाई थमन मल्लको उपस्थितिमा बुधबार रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सुनारको घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण गर्दै थापाले जन्मभूमी प्रति प्रवासमा रहेका दाजुभाईहरुले देखाएको सद्भावको प्रशंसा गरेका थिए। पिडित सुनारले सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।

आगलागीबाट मानवीय तथा चौपाया क्षेति नभएपनि घरभित्र रहेको टिभी, फ्रिज र लत्ताकपडा जलेर नष्ट भएका थिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...