News Portal

पाल्पाको आगलागि पीडितलाई एनआरएनए युएईको सहयोग हस्तान्तरण

हिमाली संचार संवाददाता
१०७८ पटक
२०७७ जेष्ठ २८, बुधवार

पाल्पा – गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स युएईस्थित दुवईले रामपुर ६ पाल्पाको आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ। रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार नगद नेपाली रुपैयाँ सहयोग गरको हो।

सुनारको घरमा गत जेठ १३ गते विद्युत् सर्ट भएर टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको थियो। आगलागिको खबर बद्री पङ्गेनीले जानकारी गराएका थिए।

आगलागी भएको थाहा पाएपछी गैर आवासीय नेपाली संघ युएईको दुवई क्षेत्रको समितीको सक्रियतामा स्वदेशमा परेको अप्ठ्यारोमा केही राहत होस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको बताए।

गैर आवासीय नेपाली संघको पहलमा युएईको दुवई क्षेत्र समितीबाट संकलन भएको उक्त रकम संघ दुबईका अध्यक्ष भीम मल्लका भाई थमन मल्लको उपस्थितिमा बुधबार रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सुनारको घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण गर्दै थापाले जन्मभूमी प्रति प्रवासमा रहेका दाजुभाईहरुले देखाएको सद्भावको प्रशंसा गरेका थिए। पिडित सुनारले सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए।

आगलागीबाट मानवीय तथा चौपाया क्षेति नभएपनि घरभित्र रहेको टिभी, फ्रिज र लत्ताकपडा जलेर नष्ट भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...