News Portal

नेपाली सहयोगी हातहरु, मकाउद्वारा रक्तदान कार्यक्रमको आयोजना

हिमाली संचार संवाददाता
७६३ पटक
२०७७ जेठ २७, मंगलवार

मकाउ । नेपाली सहयोगी हातहरु, मकाउद्वारा आगामी जुलाई ११ तारीख शनिवार र जुलाई १८ तारीख शनिवार दुई दिन, समय दिनको १० बजेदेखि अपराह्न १ बजे दुबै एउटै समयसम्म निर्धारण गरी मकाउमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको संधका अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष थापा मगरले मकाउमा रहनु हुने नेपाली दाजुभाई, दिदिबहिनी समक्ष जीवन दान जस्तो, पुण्य कर्ममा सहभागी भएर रक्तदान दिन हुन नेपाली समुदाय समक्ष हार्दिक अपील समेत गरेका छन।

मकाउमा समयको अभाव रहेको हुदा एक महिना लामो समय अधि नै नेपाली समुदायवीच जानकारी गरी उत्साहजनक सहभागिताका लागि अनुरोध समेत गरेका छन् । संस्थाको अध्यक्ष थापा मगरले रक्तदान कार्यक्रमको लागि इच्छुक रक्तदाताले यही जुलाई ५ तारीख आइतबार भित्र आफ्नो नामावली संस्थाका सदस्यहरु समक्ष टिपोर्ट गरी सक्नु पर्ने जानकारी समेत दिएका छन्। 

नेपाली सहयोगी हातहरु, मकाउले गठन भएको छोटो समयमा विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको छ। नेपाली सहयोगी हातहरु, मकाउले आगामी दिनको कार्यक्रम समेत निर्धारण गरेको चाडै सार्वजनिक गरिने संस्थाका संयोजक उदय वाग्लेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...