News Portal

कुवेतमा मोरङका खड्गबहादुर दुई महिनादेखी वेपत्ता, खोजिदिन सबैमा अनुरोध !

दिलकुमार पाख्रीन
१२६१ पटक
२०२० जुन ५, शुक्रबार

कुवेत – मोरङका खड्गबहादुर बस्नेत विगत दुई महिनादेखी सम्पर्कविहिन भएका छन। मोरङ जिल्ला ग्रामथान ५ घर भइ विगत दुई बर्ष देखि वौदेशिक रोजगारिको सिलसिलामा कुवेतको Sabeco कम्पनीको अन्तरगत सवा रेस्टुरेन्टमा कार्यरत थिए।

कुवेतको जाहारास्थित ब्लक ४ मा बस्दै आइरहेका राहदानी नं १०३८२९७२ वाहक बस्नेत गत अप्रिल ८ बाट एकाएक सम्पर्क बिहिन भएको उनका परिवारले जानकारी गराएका छन।

उनका परिवारका अनुसार आजसम्म उनि कुन अवस्थामा र के कारण सम्पर्क विहिन भए भन्ने कुनै अत्तोपत्तो छैन। उनीसंगै कम्पनिमा कार्यरत साथिहरुलाइ समेत केही अत्तोपत्तो नभएकोले परिवार अत्यन्तै चिन्तामा डुबेका छन।

यसरी दुई महिनासम्म सम्पर्कमा न आएको र उनको अवस्थाको बारेमा कुनै जानकारी नभएकोले कुवेतस्थित नेपाली दूतावास, एनआरएनए, विभिन्न संघ संस्था र कुवेतस्थित संञ्चार माध्यमहरुलाइ वहाँको परिवारले खोजि गरिदिन आग्राह गरेका छन।

उनका परिवारले कुनै पनि समस्यामा रहेको भए उद्दार गरि नेपाल पठाइदिनको लागि समेत आग्रह गरेका छन।

यदि वहाँको सम्पर्कमा कोहि हुनुहुन्छ भने कृपया युबराज बस्नेतको टेलीफोन नं +९७७९८२७३९३३३६ मा सम्पर्क गरि जानकारी गराइ सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...