News Portal

सेन्चुरी रेमिट् युएईद्वारा राहत सहयोग वितरण

हिमाली संचार संवाददाता
९३० पटक
२०२० जून ५, शुक्रवार

रामप्रसाद ढुंगेल/युएई – नेपाल राष्ट्र बैंकबाट “क” वर्गको मान्यता पाएको सेन्चुरी बैंकको प्रोडक्ट सेन्चुरी रेमिटले कोरोना भाइरसको फैलावतबाट सिर्जित समस्यामा परेका युएईमा कार्यरत नेपालीहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ।

सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलका अनुसार वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका नेपालीहरुको पछिल्लो समयमा देखा परेको समस्या समाधान गर्न सेन्चुरी रेमिटले एक लाख रुपैयाँभन्दा बढीको खाद्यान्न वितरण गरेको हो।

युएईमा कोरोना भाइरसको कारण कम्पनीले कामविहीन बनाएका, भिसा सकिएर नेपाल फिर्ता हुने तयारीमा रहेका, भिजिट भिसामा आएर यतै समस्यामा परेका नेपालीका लागि सेन्चुरी रेमिटले सहयोग गरेको अबुधाबी राहत समुहका अभियन्ता दुर्योधन कार्कीले जानकारी दिनुभयो।

सेन्चुरी बैंक र सेन्चुरी रेमिटको तर्फबाट दाल, चामल, तेल लगायतका दैनिक उपभोग्य सामग्री खाद्यन्न सहयोग स्वरुप प्रदान गरिएको कार्कीले बताउनुभयो। सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत सोमबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल, प्याज र आलु १ सय केजी र ५५ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको सामाजिक अभियन्ता दुर्योधन कार्कीले बताउनुभयो।

राहत हस्तान्तरण गर्दै पौडेलले परदेशमा नेपालीलाई दुःखमा साथ दिन सेन्चुरी सधैं तत्पर रहेको जानकारी दिनुभएको छ। जून १ तारिख सेन्चुरी रेमिटको तर्फबाट उपलब्ध उक्त सामग्री एनआरएनए युएई उपाध्यक्ष नरेश सेनले ग्रहण गरेको बताउनुभएको छ।

नेपाली दूतावास, सामाजिक संजाल, चिनजान वा विभिन्न माध्यमबाट सम्पर्कमा आएका नेपालीहरुलाई उनीहरुको बासस्थानमै पुगेर खाद्यन्न उपलब्ध गराउन पनि पौडेल र वहाँको सहकर्मीहरुको टोली अबुधाबी राहत समुह सक्रिय रहदै आएको छ।

यस्तै सेन्चुरी बैंकले गैरआवासीय नेपाली संघ युएईको राहत वितरणमा पनि सहकार्य गरेको छ। प्रकाश पौडेललगायतको अबुधाबी राहत समुहले प्रभावकारी तरिकाले राहत वितरण गरिरहेको एनआरएनए (एनए) युएईका सहकोसाध्यक्ष फडिन्द्र ढकालले बताउनुभयो। यो समुहमा सर्वसाधारण नेपाली श्रमिकदेखि, व्यावसायी र पत्रकारहरु पनि सम्लग्न छन्।

सहयोगी दाताहरुद्वारा प्राप्त राहतलाई पीडित नेपाली समक्ष पुर्‍याउन पुलको काम गर्ने यो समुहमा दुर्योधन कार्की, मनोज सैजु, राजेश श्रेष्ठ, महेश श्रेष्ठ, उमाकान्त पान्डे, रुपेश अधिकारी, कृष्ण गौतम, शन्कर राज घिमिरे, पुर्ण डुम्रे, विश्वदेव शाह, मनोज श्रेष्ठ, भिम श्रेष्ठलगायतका व्याक्तित्व हुनुहुन्छ। नेपाली दूतावास अबुधाबीको राहत वितरणमा पनि सेन्चुरी रेमिट्का युएई प्रमुख पौडेललाई अग्रपंक्तिमा देख्न सकिन्छ।

यो पनि पढनुहोस।

गायन र जागिरसँगै समाजसेवामा निरन्तर प्रकाश पौडेल

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...