News Portal

  • नेपाली महाबाणिज्य दूतावास हङकङले जारी गर्यो जरुरी सूचना

    युवा राई
    १५८० पटक
    २०२० जुन २,मंगलवार

    हङकङ  – हङकङ मकाउमा विभिन्न कारणले नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुलाई आफ्नो व्याक्तिगत विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सूचना नेपाली महाबाणिज्य दूतावास हङकङले आज जारी गरेको छ।

    नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकारको निर्णय बमोजिम जारी भएको आदेशानुसार कोभिड -१९ का कारण नेपाल फर्कन नपाएका तथा छिट्टै नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका हङकङ तथा मकाउमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने व्यवस्था गर्न लागिएको जानकारी नेपाली महाबाणिज्य दूतावास हङकङले सूचना जारी गरेको हो।

    नेपाली महाबाणिज्य दूतावास हङकङले नेपाल फर्कनु पर्ने बाध्यतामा रहेको नेपाली नागरिकहरुले मात्र तल दिइएको लिङमा व्याक्तिगत विवरण भर्न अनुरोध गरेको छ। नेपाली महाबाणिज्य दूतावास हङकङले दिएको लिंकसंगै नेपाल सरकारले निर्धारण गरेको नियम समेत उल्लेख गरेको छ।

    नेपाल फर्कने नेपाली नागरिकले हवाई उडान र होटल क्वारेन्टिनको खर्च स्वयम् आफैले व्यहोर्नु पर्नेछ।अनिवार्य रुपमा १४ दिन स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा बस्नुपर्ने छ। 

    सरकारले तोके बमोजिमको स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्यारेन्टिनमा समेत बस्नु पर्नेछ।प्रत्येक नागरिकले तोकिएको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ लगायदका नियम उल्लेख गरिएको छ।

    नेपालमा रोकिएका १ हज़ार ३ सय जना नेपाली एक महिना अधि हङकङ फर्किन चाहनेहरुलाई गैरआवासीय नेपाली संघ हङकङले नामावली संकलन गरेर नेपाल सरकारलाई आग्रह गरेपछि नेपाल सरकारको कोभिड-१९ उच्चस्तरीय समन्वय समितिमार्फत हङकङ चार्टर्ड उडानको अनुमती दिइएको थियो।

    सोमबार नेपाल वायुसेवा निगमको १ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज मार्फत हङकङ ल्याएको छ। दुई न्यारोबडी जहाजले १ सय ५५ जनाको दरले र एक वाइडबडी जहाजले २ सय ७२ जना गरेर ५ सय ८२ जना यात्रु हङकङ सुरक्षित अवतरण गरेको हो। त्यस्तै,  अब ३ दिनपछि नेपालमा रोकिएका बाकी यात्रु वायुसेवाको न्यरोबडी मार्फत हङकङ आउने बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...