News Portal

  • युएईमा रहेका कोरोना प्रभावित नेपालीहरुलाई आईएमईको सहयोग

    हिमाली संचार संवाददाता
    ५८४ पटक
    २०२० जून २, मंगलबार

    रामप्रसाद ढुंगेल/युएई – नेपालको विस्वासिलो र लोकप्रिय रेमिट्यान्स कम्पनी आइएमइ नेपालले युएईमा समस्यामा परेका नेपालीहरुको लागि खाद्यान्न सहयोग गरेको छ। आइएमइ नेपालका युएई प्रमुख उत्तम बस्नेतका अनुसार कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा केही सहयोग गर्नु आफ्नो सामाजिक दायित्व सम्झिएर आइएमइले तीन चरण गरेर ५ हजार दिराम (करिब १ लाख ५५ हजार रुपैयाँ बराबर)को खाद्यान्न उपलब्ध गराएको हो।

    युएईमा एनआरएनए (एनए) र नेपाली समाज युएईले फरकफरक समुह बनाएर समस्यामा परेका नेपालीहरुलाई राहत उपलब्ध गराउदै आएकोमा आइएमइले दुबै समुहलाई राहत वितरणका लागि खाद्यान्न उपलब्ध गराएको हो।

    एनआरएनए युएईको समुहलाई २ हजार दिराम बराबरको ८ सय ५० केजी दाल र चामल एनआरएनकर्मी पासाङ शेर्पा र बिकास शाहीलाई उपलब्ध गराएको आइएमइका युएई प्रमुख बस्नेत जानकारी दिनुभएको छ।

    त्यसैगरी युएईको सबैभन्दा पुरानो सामाजिक संस्था नेपाली समाज युएईको नेतृत्वमा ४२ वटा सामाजिक/जातीय/जिल्ला स्तरीय संस्थाको सहकार्यमा संचालित राहत वितरण अभियानलाई पनि आइएमइले पहिलो चरणमा ४ सय केजी खाद्यान्न उपलब्ध गराइसकेको छ।

    यो राहत अबुधाबी क्षेत्रमा रहेका अभियन्ता कृष्ण गौतम र दुर्योधन कार्कीलाई हस्तान्तरण गरिएको र उक्त समुहले आफ्नो सम्पर्कमा आएका पीडित नेपालीहरुलाई दैनिक रूपमा राहत वितरण गरिरहेको बस्नेतले बताउनुभयो।

    बस्नेतका अनुसार केही दिन भित्रमा बाकी २ हजार दिराम बराबरको राहत सामग्री नेपाली समाज युएई अन्तर्गत संचालित कोभिड-१९ राहत उद्वार तथा सूचना संकलन केन्द्रलाई हस्तान्तरण गरिनेछ।

    आइएमइले उक्त राहत सामग्री आबुधाबीमा आइतबार सहयोग हस्तान्तरण गरिएको आईएमई प्रतिनिधि ईश्वर अधिकारीले जानकारी दिनुभयो।

    युएईको सातै इमिरेट्समा एनआरएनए र नेपाली समाज युएईका प्रतिनिधिले काम विहीन भएका हजारौ नेपालीहरुलाई राहत स्वरूप खाद्यान्न सहयोग उपलब्ध गराइरहेका छन्।

    एनआरएनए मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले आइएमइ र रिया आइएमइले विगतमा पनि विपत्तिमा परेका नेपालीहरुलाई सहयोग गरेको स्मरण गर्दै कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाई स्वतस्फूर्त सहयोग गरेकोमा आइएमइले उदाहरणीय काम गरेकोमा आभार प्रकट गर्दै अन्य व्यावसायिक समुहलाई पनि आइएमइले झै सहयोग गर्न सुझाव दिनुभएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...