जीवनमा प्राप्त गर्ने धेरै कुराहरुले सन्तुष्टि दिदैनन् र सन्तुष्टिले प्राप्त गर्ने धेरै कुराहरु खोजेर पाईदैनन् ती हजारौमा एक मात्र भेटिन्छन् । हो, मेरा लागि त्यही एक सन्तुष्टि हो उपन्यास ‘मैदारो’
उपन्यासकार भुपिन खड्का प्रति गहिरो नमन साथै अनुमति जाहेर गर्न चाहान्छु । धेरै बर्ष पहिले एउटा अधेरी गाउँको विशाल फाँटको छातीमा मैदारो पर्दछ । अधेरी गाउँका मानिसहरुको बास्तविक भोगाई त्यस फाँटको अन्तिम रोपाई हो मैदारो । दलितका बिषयमा जातीय द्वण्द विभेद असमानता कुरीति कुसंस्कार देहभाव ।
यस्तै चिजहरुको कालो बादलले ढपक्कै ढाकेको अधेरी गाउँको वास्तविक कथालाई प्रष्ट रुपमा चित्रण गर्नका लागि र दलनको रंग विभेदले कोरेको समाजको अनुहार चित्र कस्तो हुन्छ भन्ने प्रष्ट पार्नका निमित्त जन्म लिन्छ उपन्यास मैदारो जसका मुख्य पात्र हुन्छन् नदिन र कला ।
हाम्रो समाजका कथित यथावत चरम जातीय द्वन्द विभेद बिचको प्रेमलाई, दलित प्रतिको दलन र दमनकारी हाम्रो समाजको आचरणलाई प्रष्ट्याइको उपन्यास मैदारो, जसभित्र मेरो मन मस्तिस्कलाई हल्लाई रहने यस्ता हरफहरुका सुन्दर शब्दहरुले कोरिएका छन्।
जसलाई म हिजो आज झनै बढीनै सम्झिरहने गर्छु । किन किन आज यी शब्दहरुले म भित्रभित्रै द्वन्द्व मच्चाइ रहेको छन्। यी शब्दहरुले दिने सन्देशका बाधहरुले सिमा नाघेर यसरी बग्दैछन् । उपन्यासकार भुपिन खड्काले लेख्नु भएको छ।
“संदेहवादी मार्क्सप्रति सन्देह नगर भन्नेहरु पनी छायाँलाई यथार्थ मान्ने श्रमजिवी नै हुन्, प्रजातन्त्र प्राप्ति पछि मानिसको अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्नु मध्यकालिन बर्वरता, मनुस्मृतिले व्याख्या गरेको वर्ण व्यवस्था र त्यसलाई कानूनी मान्यता दिने मुलुकी ऐन मानव इतिहासकै कुरुप ठट्टा हो।”
बन्दी मानिसलाई नै त सबैभन्दा बढी स्वतन्त्रताको मोह । नाममा के छ ? जब हामी गुलाब भनेर पुकार्छौ, अरु कुनै नामबाट पनी त्यो उत्तिकै मिठो सुवास छर्थ्यो ।
अब सोच्नुहोस न केही दिनमात्र हामीलाई सामाजिकदूरी कायमा गर्नका लागि घरभित्र बसिरहदा असाह्य बोध भई स्वतन्त्र खोजिरहेका छौ। समाजमा त्यता समुदाय पनी छन् । जो सदियौ देखि समाजले दिएको निश्चित परिधिभित्र बसेर सामाजिदूरी कायम गरिरहेका छन्। के ती समाजका जातिलाई स्वतन्त्रताको मोह नहुदो हो र ?
जब-जब मैदारो उपन्यास पढ्छु दोहोर्याई, तेह्रयाइ तब-तब त्यो धेरै बर्ष पहिलाको अधेरी गाउँलाई सम्झन्छु टपक्क त्यही पुग्छु । अनी छर्लङ चित्रण गरिएको एउटा रंगीन टेलिभिजन अगाडी बसेर हेरेको अनुभुती गर्छु । अनी म फेरी लेख्ने प्रयास गर्छु आफैले आफैलाई प्रश्न गर्छु ।
कैयौ अधेरी गाउँहरुको यस्तै वास्तविक यथार्थकथा बोकेर लाखौ पाठक समक्ष जादै गरेका ‘मैदारो’ फेरी, आज हाम्रो मुलुकमा हुकुम बासीहरु रहेको रुकुमका अधेरी गाउँमा अर्को एउटा मैदारो पर्न गएको छ। जसका फलस्वरूप नवराज लगायत उनका अन्य साथीहरुले पनी आहुती दिनुपर्यो। आज म धेरै विख्यात लेख्न चाहान्न प्रीय नवराज ।
तिमीले आफ्नो प्रेम प्राप्तिका लागि छुत र अछुत बिचको जातीय सम्बन्धलाई चिर्नका लागि हासी हासी बलिदान दियौ । तिमी जातीय विभेद विरुद्धका अभियानमा प्रतिनिधि पात्र हैं। तिम्रो अन्तिम चिच्याहट्, रुवाई, छट्पराई, तड्पाई कसैले सुनेन, देखेन भनेर स्वर्गलोकबाट गुनासो नगर है।
तिम्रो लागि र तिम्रो प्रेम अमर राख्नको लागि र सिङ्गो मुलुकलाई अधेरी गाउँबाट उजेली गाउँमा परिणत गर्नका लागि गाउ टोलबासी, साहित्यकार, अधिकारकर्मी, जनप्रतिनिधि, नागरिक समाज, सुरक्षाकर्मी र न्यायालय अनेक तहका बौद्धिक व्यक्तित्वहरु हातमा कलम लिएर उभिएका छन् । एकपटक फेरी तिम्रो आत्मालाई संसार घुमाउन, न्यायालयको मन्दिर सम्म पुर्याउन समाज जुटेका छन्।
हो, भोली त्यो समाजले तिमीलाई फुलमाला सहित अब सम्मान गर्न त सकेन तर त्यही समाजले तिम्रो नामको शालिक बनाई आजीवन सम्मान गर्ने , प्रत्येक दिन ढोग्नेछ, क्षमायाचना गर्नेछ।
आजलाई मेरो कलम यही रोकियो सम्पूर्ण मृतक आत्माहरु प्रति चिरशान्तिको कामना गर्दछु । पिडितलाई न्याय र दोषीलाई कडा भन्दा कडा सजाय होस धन्यबाद।
– सुरेशसिंह सुनार, हाल मकाउ