News Portal

रुकुम-जाजरकोट घटनाको बिश्वकर्मा एकता समाज नेपाल कुवेतद्वारा बिरोध

हिमाली संचार संवाददाता
६४९ पटक
२०७७ जेष्ठ १६, शुक्रवार

कुवेत – पश्चिम रुकुम चौरजहारी नगरपालिका सोति घटनाको बिरोध जनाउँदै बिश्वकर्मा एकता समाज नेपाल कुवेतले प्रेस विज्ञप्ति जारी गरेको छ।

२१ औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाज अझै पनि लैङ्गिक, धार्मिक, साँस्कृतिक, सामाजिक तथा विभिन्न जात-जाति भित्रका कुसंस्कार, अन्धविश्वास, बिकृती विसंगतियुक्त कार्यहरुको लडाइ, समर्थन र प्रचारमा ग्रसित भएको छ।

नेपालको संविधान मै जातको आधारमा भेदभाव गर्नु दण्डनिय भनिए पनि कानुन कार्यान्वयन फितलो हुँदा अहिले पनि समाजमा जातीय भेदभाव बिद्यमान नै छ।

अहिलेको २१ औं शताब्दीमा आउँदा पनि शिक्षित मानिसहरुबाट नै जातीय विभेद हुनु दुर्भाग्यपूर्ण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

पश्चिम रुकुम चौरजहारी नगरपालिका सोतिमा भएको दु:खद घटनामा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँ निवासी नबराज बि.क र पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नम्बर ८ सोति निवासी सुस्मा मल्लबीच बिगत ३ बर्ष देखि चल्दै आएको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरि बेहुली लिएर आउने भनी प्रेमी नबराजले अन्य साथीहरूलाई पनि लिएर गएको र उक्त बिबाह दलित युवासंग हुन नहुने भन्दै सुस्मा मल्लको परिवार र वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित सिङ्गो गाउँले नै साङ्घातिक हमला गर्दा नबराज बि.क., टिकाराम बि.क., गणेश बुढा मगर, लोकेन्द्र सुनार, गोबिन्द शाही र सन्जु बि.क.को ज्यान लिएको नरसंहारको बिश्वकर्मा एकता समाज नेपाल कुवेतले प्रेस विज्ञप्ति मार्फत घोर भ्रत्सना गरेको छ।

समाजले उक्त घटनामा मृत्युवरण गरेकाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

पीडित पक्षबाट दिइएको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दै नेपाल सरकार, जिल्ला प्रशासन कार्यलय रुकुम-जाजरकोट लगायत सम्बन्धित सरोकारवाला निकाय सबैमा हार्दिक अनुरोध गरेको छ।

प्रेस बिज्ञप्ति यस्तो छ:

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...